• होमपेज
  • चिल्ड्रेन नेपालको सहयोगमा विपन्न परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
कुश्मा नगरपालिका

चिल्ड्रेन नेपालको सहयोगमा विपन्न परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

पर्वत/बालबालिकाको हित एवम् संरक्षणमा क्रियाशिल संस्था चिल्ड्रेन नेपालको सहयोगमा कुश्मा नगरपालिका १० पिपलटारीका ४० जना विपन्न बालबालिकाका १७६ जना सदस्यलाई खाद्यान्न सहयोग गरिएको छ । BILD hilft e. V. “Ein Herz fur Kinder” Germany को सहयोगमा चिल्ड्रेन नेपालमार्फत सो सहयोग हस्तान्तरण गरिएको हो ।

पुर्णेश्वर माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न बालबालिकाकाका परिवारलाई चामल, दाल, नुन लगायतका खाद्यान्न साथै मास्क, सेनिटाइजर, थर्मोमिटर अत्यावश्यक औषधि लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।

विज्ञापन

हस्तान्तरण कार्यक्रममा बोल्दै कुश्मा नगरपालिका वडा नं. १० का अध्यक्ष सुजन बिकले चिल्ड्रेन नेपालले बिपन्न परिवारलाई गरेको सहयोगले तत्कालको समस्या समाधान गर्न सहयोग पुगेको बताउनुभयो ।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक रामचन्द्र शर्मा पौडेलले ४ सय ९५ बालबालिकाकालाई चिल्ड्रेन नेपालले अभिवाकत्व ग्रहण गरेको र ती बालबालिकालाई अहिलेको कठिन अवस्थामा सहयोग समेत गरेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष शान्त पौडेलले महामारीको अवस्थामा संस्थाले अभिवाकत्व ग्रहण गरेका बालबालिका प्रति जिम्मेवारी बहन गरेको बताउनुभयो । संस्थाले पुर्णेश्वर माबिका ४० जना बालबालिकालाई निशुल्क रुपमा अध्यायन गराउँदै आएको छ । तिनै बालबालिकाका परिवारहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरिएको संस्थाका कार्यक्रम सह संयोजक रमेश सुबेदीले बताउनुभयो ।

यस्तै चिल्ड्रेन नेपालकै सहयोगमा पिपलटारीमा रहेको स्वस्थ्य चौकीका लागि आवश्यक स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । कोरोनालाई मध्यनजर गर्दै संस्थाले विभिन्न १५ प्रकारका औषधिहरु, थर्मल गन , डिजिटल थर्मोमिटर, नेबुलाइजर, साथै भिटामिन सी, भिटामिन बी कम्प्लेक्स, सिटामोल,जिंङ्क चक्की लगायतका औषधि हस्तान्तरण गरिएको हो । चिल्ड्रेन नेपालका कोषाध्यक्ष शान्त पौडेल र संस्थापक अध्यक्ष एवम् कार्यकारी निर्देशक रामचन्द्र पौडेलले सयुक्त रूपमा चौकी इन्चार्ज रामबाबु खड्कालाई हस्तान्तरण गर्नु भएको थियो। दुबै कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष सुजन वि.कको प्रमुख आतिथ्यता र अध्यक्षता संस्थाका कोषाध्यक्ष शान्त पौडेलको रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook