• होमपेज
  • घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद
Breaking News

घनश्याम भुसालको पहलमा अध्यक्ष ओली र नेता नेपालबीच संवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन सम्पर्क भएको छ । पार्टी उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष ओली र नेता नेपालबीच टेफिफोन संवाद गराउनु भएको हो । उहाँहरुबीच शनिबार दिउसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवाद गराउन उपमहासचिव भुसाल नेता नेपाल निवास कोटेश्वर पुग्नु भएको थियो ।

अध्यक्ष ओली र नेता नेपालबीचको विवादलाई मिलाउन दोस्रो तहका नेताहरु लागि परेका छन् । अहिले दोस्रो तहका नेताहरुको भेला ललितपुरस्थित समिट होटलमा बसिरहेको पनि नेकपा एमाले स्रोतले बताएको छ । सो बैठक बस्नु अघि अध्यक्ष ओली र नेता नेपालबीच कुराकानी गराइएको हो । कुराकानी पछि उपमहासचिव भुसाल समिट होटलतर्फ लागेको बताइएको छ । यसअघि बिहीबार राति ओली र नेपालबीच टेलिफोन संवाद भएको थियो ।

विज्ञापन

सो क्रममा नेता नेपालले ओलीलाई शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न भन्नुभएको थियो भने उता ओलीले भने बैठकमा सहभागी हुन नेता नेपाललाई अनुरोध गर्नु भएको थियो । तर शुक्रबार ओलीले बैठक राख्नु भएको थियो । बैठकमा नेता नेपाल सहभागी बन्नु भएको थिएन । बैठकमा ओलीले नेता नेपाललाई आफू पक्षसांसदहरुले सर्वोच्च अदालतमा दिएको रिटमा गरेको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको समय दिनु भएको छ । तर नेता नेपालले ओलीको उक्त बैठकलालई अवैध भन्दै आफूहरुले बुझाएको हस्ताक्षर फिर्ता नगर्ने अडानमा हुनुहुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook