• होमपेज
  • देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले २३ सांसदहरुको जुम मिटिङ : हस्ताक्षर फिर्ता लिँदैनौं
पत्रपत्रिका

देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले २३ सांसदहरुको जुम मिटिङ : हस्ताक्षर फिर्ता लिँदैनौं

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको बैठक बसेको छ । हिजो बसेको एमाले केन्द्रीय कमिटीको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन माधव नेपाल पक्षलाई सोमबारसम्मको अल्टिमेटम दिएको छ । तर, नेपाल पक्षधर सांसदहरुले कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने स्पष्ट पारेका छन् ।

हस्ताक्षर फिर्ता लिने वा नलिने भन्ने विषयमा निर्णय गर्नको लागि आज विहान नेपाल पक्षधर सांसदहरुको जुममार्फत बैठक बसेको थियो । आजको बैठकले देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरिएको हस्ताक्षर कुनैपनि हालतमा फिर्ता नलिने निर्णय गरेको छ ।

विज्ञापन

सांसद रामकुमारी झाँक्रीले आजको बैठकले देउवालाई दिएको हस्ताक्षर कुनै पनि हालतमा फिर्ता नलिने निर्णय गरेको जानकारी दिईन् । तर, एमालेका दोस्रो तहका नेताहरु भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आजै निर्णायक वार्ता गराउनको लागि सक्रिय भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook