राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीकोतर्फबाट सांसद बनेका कृष्ण थापा बिकेको प्रतिक्रिया दिएका छन् । पार्टीको निर्देशन लत्याउँदै कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिन थापाले अस्वीकार गरेसँगै केसीको यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘२०५१ सालदेखि हामीले, राष्ट्रिय जनमोर्चाले संसदमा भाग लियो, कुनैपनि सांसदले अहिलेजस्तो नालायक चरित्र देखाएकै थिएनन्’, उनले भने,‘ यिनीहरुको हविगत थाहा भयो, बिक्री भए ।
विज्ञापन
‘निहुँ पारेका छन्, तलतल जिल्लामा, गाउँमा जनताले मानेका छैनन् रे ! त्यस्तो कुरा पनि हुन्छ ?’ उनले भने ।
‘पार्टीले सांसद बनाउँछ, पार्टीले नेता बनाउँछ पार्टीले सबै बनाउँछ । अब त्यसपछि बिक्री हुने, इमान बेच्ने, नीति बेच्ने, चरित्र बेच्नेलाई कारबाही हुन्छ । पार्टीको विधानअनुसार कारबाही प्रक्रिया अघि बढ्छ,’ केसीले भने ।
फेसबुक प्रतिक्रियाहरु