• होमपेज
  • पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए
कुश्मा नगरपालिका

पर्वतमा कोरोनावाट आज दुई जनाको मृत्यु, ५३ संक्रमित थपिए

पर्वत: कोरोना संक्रमणका कारण आज पर्वतमा दुई पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ कुश्मा का ६७ वर्षिय पुरुष र कुश्मा नगरपालिका वडा नं. १ पाङका ४७ वर्षिय पुरुष रहेका छन् ।

कुश्माका पुरुषको आज विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ७ बजे निधन भएको हो । २२ गते कोरोना संक्रमण पुष्टि भएको उहाँमा निमोनियाको समेत समस्या रहेको थियो ।

विज्ञापन

त्यसैगरी पाङका पुरुषको आइतवार दिउँसो १ बजे धौलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा निधन भएको हो । उनमा वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै पर्वतमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

यसैगरी आजै पर्वत जिल्लामा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिकामा ३९ जनामा कोरोना पुष्टि भएको छ भने पैंयुमा ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगगरी फलेवासका २ जना र मोदी गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook