• होमपेज
  • भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन
गण्डकी प्रदेश

भोली रातीदेखि जेठ ७ सम्म पर्वत जिल्ला लकडाउन

पर्वत – कोभिड १९ को संक्रमण जिल्लाभरी बढ्दै गएपछि भोली वैशाख २८ गते मंगलवारदेखि जेठ ७ गतेसम्म पर्वत जिल्लामा लकडाउन गर्ने निणर्य भएको छ ।

जिल्लाका गाउँगाउँमा संक्रमण फैलदै गएपछि पुणर् रुपमा लकडाउन गर्ने निणर्य भएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्रको सोमवार बसेको बैठकले वैशाख २८ गते राती १२ बजदेखि जेठ ७ गते राती १२ बजेसम्म पुणर् रुपमा लकडाउन गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।

विज्ञापन

उहाँका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या झण्डै २५० पुगेकाले जिल्लाभरीनै लकडाउन गर्नुपर्ने अवस्था आएको हो । यसअघि कुश्मा नगरपालिकाका ४ र जलजला गाउँपालिकाका ४ वटा वडामा मात्र लकडाउन गरिएको थियो ।

पछिल्ला केहि दिन यता जिल्लाका सातवटै स्थानीय तहमा संक्रमण फैँलदै गएपछि लडक डाउन गर्नुको विकल्प नभएको प्रजिअ खत्रीले बताउनुभयो ।

लकडाउन अवधिभर नागरिकहरुलाई घर वाहिर निस्कन र हिडडुल गर्न निषेध गर्ने, सिनेमा हल, आमसभा, जुलुस, खेलकुद लगायतका मानिसको भिडभाड हुने कार्यक्रम पुणर् रुपमा बन्द गरिने, मठ मन्दिरमा नित्य पुजामात्र गर्ने, विवाह र मृत्यु संस्कारमा बढिमा १० जना मात्र सहभागि हुन पाईने भएको छ । त्यसैगरी एमबुलेन्स, दमकल, शववहान, खाद्य सामाग्री, फलफुल, माछा, मासु, ग्याँस, पेट्रोल, प्रेसका सवारीलाई संचालन गर्न दिईने, बैंक तथा वित्ति संस्थाहरु आलोपालो गर्दै न्यून कर्मचारीको उपस्थितमा संचालन गर्नेपर्ने सिसीएमसी पर्वतले जनाएको छ ।

विकास निर्माणका कामहरु स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सुचारु गर्ने, लघुवित्त, सहकारी तथा कम्पनीका सेवा पुणर् रुपमा बन्द गर्ने, औषधी तथा स्वास्थ्य संस्था चौविसै घण्टा खोल्नुपर्ने तथा खाद्यान्नका पसलहरु विहान ७ बजेदेखि १० र साँझ ५ बजेदेखि ७ बजेसम्म मात्र खोल्न पाईने व्यवस्था गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook