• होमपेज
  • तपाईको आजको राशिफल कस्तो छ ?
राशिफल

तपाईको आजको राशिफल कस्तो छ ?

वि.सं. २०७७ साल चैत्र २८ गते । शनिबार । इ.स.२०२१ अप्रिल १० तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११४१ । चैत्र कृष्णपक्ष । तिथी– चतुर्दशी,अहोरात्र । नक्षत्र–पूर्वाभाद्रपदा, ०७ बजेर २९ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–ब्रम्ह,१४ बजेर १५ मिनेट उप्रान्त ऐन्द्र । करण–भद्रा,१७ बजेर ३२ मिनेट उप्रान्त शकुनि । आनन्दादिमा–काल योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४६ मिनेटमा,सूर्यास्त १८ बजेर २५ मिनेटमा । दिनमान ३१ घडी ३६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- कर्म क्षेत्रमा आउने बिवादले आत्मसम्मानमा कमिको महशुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक संकटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भएपनि दैनिक काम गर्न गाह्रो हुने छैन । साथिभाई तथा आफन्त हरुको भेटघाटले नयाँ काम गर्ने अवसर आएपनि फाईदाको लागी अली बढि मेहनेत गर्नुपर्नेछ । तरपनि लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यावसाय बढेर जानेछ ।

विज्ञापन

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने बिभिन्न अवसरहरुले पछ्याउने हुँदा राम्रा परिणाममूखी काम गर्न सकिनेछ । खनिज पदार्थको प्रयोग मार्फत यथेश्ट धन आर्जन हुने ग्रह योग रहेकोछ । नयाँ सवारी साधन तथा मन परेको भौतिक सम्पती लाभ हुने गतिलो सम्भावना रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- व्यापारमा थोरै समय दिदापनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गित संगित तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरिमा बढुवा हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :-   समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेकोछ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तरपनि नाँफामुलक व्यावसाय भन्दा सेवामुलक व्यावसाय फस्टाएर जानेछ । धर्म सस्कृती तथा यस्तै क्रिर्याकलापमा दिन बित्ने योग रहेकोछ । अध्ययन तथा अध्यापनको शिलशिलामा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यावधान हुने हुनाले मानशिक तनाब बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जागर हराएर जानेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाडै रहनुहोला प्रीय पात्रसँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत् काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- व्यावसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धीत क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पतिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडिहरुका लागी समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-  मामा तथा मावलिबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानिका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- माया प्रेममा बिश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यास्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी भनेजस्तो आम्दानि गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईँको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्ति हरुसँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- कामको सवालमा आफ्नै मानिससँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने प्रतिस्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सतार्ईरहनेछ । प्रशस्त समय लगानी गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । व्यावसायमा लगानी गरेपनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा धोका हुन हुनेछ भने परिवारमा झै झगडा हुने सम्भावना अधिक रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- भौतिक बस्तुको प्रयोग गर्न पाईने तथा राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथिभाईहरु खुशि हुनेछन् । पढाइल लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहनेछ । नौलो प्रकृतिको काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ भने व्यापारमा आजको दिन लगानी गर्नाले पछिसम्म लाभ मिल्नेछ । पारिवारिक जमघट वा घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् । तपाईको दिन शुभ रहोस् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook