• होमपेज
  • ओलीको गर्जन : एउटा केस झर्दैमा टाउको मुडुलो हुँदैन, एमालेसँग कोही एक्लै लड्नै सक्दैन !
Breaking News

ओलीको गर्जन : एउटा केस झर्दैमा टाउको मुडुलो हुँदैन, एमालेसँग कोही एक्लै लड्नै सक्दैन !

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीमा फुट नआएको बताएका छन् । नुहाउँदा एक/दुई वटा केस झरेजस्तो केही मान्छेहरू आफै पतन भएर पार्टी छाडेको अध्यक्ष ओलीको तर्क थियो । उनले भने, ‘पार्टी फुटेको होइन । केही मान्छेहरू पतित भएका हुन्, बिग्रिएका हुन । ती बिग्रिएका मान्छेहरूले पार्टी छोडेका हुन् ।’

शनिबार नेकपा एमाले महालक्ष्मी नगर कमिटीले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले माधव नेपालहरूलाई एक–दुई वटा कपालको केशको संज्ञा दिँदै उनीहरू हिँड्दै टाउको मुडुलो नहुने बताए । उनले भने, ‘नुहाउँदा खेरी एक, दुईटा कपालको रौँ झर्छ । जति दामी साबुन लगाए पनि, राम्रो, ब्रान्डेड साबुन लगाए पनि, छानेको पानीले नुहाए पनि, जेसुकै गरे पनि एक, दुईटा कपाल झर्छ । एक, दुईटा कपाल झर्दैमा टाउको मुडुलो हुन्छ ?’

विज्ञापन

अध्यक्ष ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गए पनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहो¥याए । एक÷दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मानेर नबस्ने दृष्टान्त पेस गर्दै उनले माधव नेपालसहितका केही मान्छेले पार्टी छोड्दैमा पिर नमान्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । अध्यक्ष ओलीले भन्नु भयो, ‘अब चिन्ता गरेर बस्ने होइन । म कमरेडहरूलाई भन्न चाहन्छु–एक दुईटा पात खस्दैमा पिर मानेर रुख ढल्दैन । एक÷दुईटा पात पहेँलिएर झर्छन् । रुखले पिर मानेर बस्छ ? अर्को टुसो हाली हाल्छ नि । देख्नु भएन कमिटीहरूको टुसो पलाएको ? महिलाहरू कसरी जाग्दैछन् । युवाहरू कसरी जाग्दैछन् । त्यसकारण नयाँनयाँ पालुवाहरू पलाउँदैछन् । नयाँ नयाँ हाँगाहरू हाल्दैछन् । अझै मजबुत वृक्ष हाँगा फैलिँदै छन् । उचाइतिर जाँदैछ ।’

माधव नेपालले खाल्डो खने 

पार्टी फुटाएर गएका माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले महासागर जत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए ।  माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागर जत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् ।  कोही मान्छेलाई सानै भए पनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’ उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए ।  ‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ रु’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौँ । मैले बिसौँ पटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन ।’

एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने

ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै लड्ने आँट कसैले पनि गर्न नसक्ने दाबी पनि गरे । चुनावमा एमालेको प्रतिस्पर्धी हुने तर प्रतिस्पर्धा भने नहुने दाबी समेत गरे । अध्यक्ष ओलीले एक्लै लड्ने आँट नभएपछि सत्तारुढ गठबन्धन चुनावी तालमेल गरेर जाने तयारी गर्न बाध्य भएको तर्क समेत गरे । उनले एमालेसँग एक्लै चुनाव लड्न कुनै पनि राजनीतिक दलहरूले नसक्ने कुरा सबैलाई थाहा भएको दाबी समेत गरे ।

आगामी निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी गर्ने कुरा आफूले सुनेको उल्लेख गर्दै अध्यक्ष ओलीले भने, ‘म सुन्दैछु– मोर्चाबन्दी गर्छन् रे । एमालेसँग एक्लै लड्न सकिन्न भन्ने कुरा सबैलाई थाहा छ । एमालेसँग एक्लै लड्न कसैले पनि नचिताए हुन्छ । एमालेसँग एक्लै लड्न कोही सक्दैन–सबैलाई थाहा छ । त्यसकारण मिलाउने अरे, मिलेर लड्ने रे । एक÷एक दर्जनको १० वटा पार्टी मिल्यो भने कति हुन्छ ? १० दर्जन जति नै त भयो होला नि, होइन ? एक÷एक दर्जन मान्छे भएको १० वटा पार्टी मिल्दा । १० दर्जन भनेको १ सय २० होइन ? १२० जनाको मोर्चा कसेर एमालेसँग लड्ने ? माधव नेपालका नक्कली नाम समेत जोड्दा, दोहोरिएका समेत जोड्दा ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद त्यति जना मिलेर एमालेसँग लड्ने ? उहाँहरू कुरामा लड्न सक्नु हुन्छ । काममा होइन, मैदानमा होइन, व्यवहारमा होइन ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook