Breaking News

अब बादलको जागिर पनि चट

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले हिजो नेकपा माओवादी केन्द्रले पदमुक्त गरेका चारजनालाई मन्त्री पदमा पुनर्नियुक्ति गरेलगत्तै राष्ट्रियसभा सदस्य रहेका गृहमन्त्री रामबहादुर थापालाई समेत निष्काशन गर्ने प्रकृया अगाडि बढाएको छ ।

यस प्रयोजनका लागि माओवादी केन्द्रले राष्ट्रियसभामा थापाले दल त्याग गरेको भन्दै आज सूचना दर्ता गराएको हो । थापासँग अर्का सांसद् चन्द्रवहादुर खड्कासँग स्पष्टीकरण सोधिएको संसदीय दलका प्रमुख सचेतक दीनानाथ शर्माले बताए ।

विज्ञापन

खड्काले समेत माओवादी केन्द्र त्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए । राष्ट्रिय सभाको अब बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिम्सिनाले उक्त सूचना पढेर सुनाएपछि पद रिक्त हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook