• होमपेज
  • ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप
Breaking News

ओलीले सत्ता कब्जा गर्न लागेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली अधिनायकवादी शैलीको रुपमा देखापरेको भन्दै सत्ता कब्जा गर्ने अभियानमा रहेको आरोप लगाएका छन् । नेपाली कांग्रेस निकटस्थ निजामती कर्मचारी युनियन (संघ)द्वारा आज राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वाेधन गर्ने क्रममा सभापति देउवाले यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्री ओली जसरी भएपनि सत्ता कब्जा गर्ने होडबाजीमा रहेको खुलासा गर्दै भने उनको यो अभियानलाई निस्तेज पार्न नेपाली कांग्रेस अग्रमोर्चामा रहन दाबी गरे । त्यसैले अब ओलीलाई सत्तामा राख्न नहुने उनको ठहर प्रष्ट राखे ।

विज्ञापन

यसैका लागि आज हामी विपक्षी दलहरु छलफल गर्दैछौं, आशा गरौं सहमति जुट्ला , त्यस्तो स्थितिमा ओलीको विकल्प देशले खोज्ने छ– सभापति देउवाले भने । तर सहमति जुटेन भने देशको समस्या नयाँ जनादेशबाट खोज्नुपर्ने उनको तर्क छ । ढेड दुई वर्षपछि त चुनावमा जानै पर्छ, त्यस्तै अवस्था रह्यो भने अर्ली इलेक्सनमा गएर भएपनि देशलाई निकास दिन हामी तयार रहनुपर्छ– उनले भने ।

लोकतन्त्रमा चुनाव नै सर्वाेत्तम विकल्प भएको प्रष्ट पार्दै जनताले दिने आदेश बमोजिम चल्न नसक्ने राजनीतिक दलको हैसियत कम्युनिष्टको जस्तो हुने उनले बताए । गएको निर्वाचनमा कम्युनिष्टहरु मिलेकाले जनताले पत्याए, तर अब भने उनीहरुलाई जनताले राम्रो गरी चिनेका छन् भन्दै सभापति देउवाले अब आफूहरु मिलेर गएको अवस्थामा चुनावपछि देशको पहिलो शक्तिका रुपमा आउने दाबी गरे ।

कार्यक्रमलाई संवोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले प्रजातन्त्र नै संकटमा परेकाले चुनाव भन्दा ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिए । पहिला त प्रजातन्त्र बलियो बनाउनुप¥यो, ओली सत्तामा रहुञ्जेल लोकतन्त्र नै धरापमा पर्ने र उनले गराउने निर्वाचन धाँधलीमुक्त हुन नसक्ने भएकाले तत्कालै सत्ताबाट विस्थापित गर्नुपर्ने धारण उनले राखे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook