• होमपेज
  • ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल
Breaking News

ओलीले पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्याए – रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभए पनि मन्त्री बन्नेहरु ‘पदलोलुप’को झुन्ड बोकेर देशको मर्यादामा आघात पुर्‍याउने काम गरेको बताएका छन्।

रावले सामाजिक सञ्जाल ट्विटरमा लेखका छन्‚ ‘प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्त्व नलिने, पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाङ गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुन्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो।’

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको सांसद पदसँगै मन्त्री पद गुमिसक्दा पनि फेरि धमाधम मन्त्रीमा पुनर्नियुक्ति गरिरहेका बेला एमाले माधव-झलनाथ समूहका नेता रावलले विरोध जनाएका हुन्। माधव नेपाल पक्षका नेता रावललाई अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि एमालेको साधारण सदस्यता निलम्बन गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook