• होमपेज
  • गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना
द्रुत खबर बिशेष

गलत नक्सा भएको विभूषण वितरणको सामाजिक संजालमा चर्को आलोचना

काठमाडौ । संविधानको संरक्षक राष्ट्रपतिबाट गलत नक्सा भएको विभूषण वितरण गरिएकोमा सामाजिक संजालमा चर्को आलोचना भएको  छ ।

संविधानको संरक्षक पालनाकार्ताका रुपमा रहेका राष्ट्रपतिले आफ्नो देशको गलत नक्सा समवेश गरिएको विभूषण वितरण गर्नु संविधान विरोधी काम मात्र नभइ जनभावनाको अपमान समेत भएको भन्दै सामाजिक संजालमा आलोचना चुलिएको हो ।

विज्ञापन

सामाजिक संजालमा लेख्दै  कतिपयले राष्ट्रपति कार्यालय नयाँ नक्सा पुगेको रहेनछ भनि टिपणी गरेक छन् भने कतिपयले पुराना मन्छेहरुलाइ पुरानै नक्सा र पुरानै विभूषण भन्दै कटाक्ष गरेका छन् ।

त्यस्तै विभूषणमा राष्ट्रपतिबाटै वितरण गरिनु लापरबाही भएको पूर्वप्रशासक र सुरक्षा मामिलाका जानकारहरू बताउँछन् । गलत नक्सा भएको विभूषण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भर श्रेष्ठलगायतले समेत ग्रहण गरेका छन् ।

संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई नियालेर हेर्दा कालापानी/लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा छैन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । जुन संविधान ब्यवस्था विपरित बनाइएको छ ।

संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ’ भनिएको छ । सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संविधानको अनुसूची ३ संशोधन गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook