• होमपेज
  • गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड
Breaking News

गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) यथास्थितिमा पारित नहुने बताएका छन् ।

बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् । प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने, ‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । त्यसो भएमा एमसीसीको बजेट लिन गाह्रो छैन । एमसीसीमा भएका प्रावधान संशोधन नभए यथास्थितिमा पारित हुँदैन ।’

विज्ञापन

एमसीसीलाई देखाएर नेकपा एमालेले सत्तरुढ गठबन्धनलाई टुटाउने खेल खेलको उनको आरोप थियो । एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि उनले बताए । उनले भने, ‘एमसीसीकै कारण गठबन्धन टुट्दैन, कमजोर रुपमा गठबन्धन बनाएको होइन । यो गठबन्धन टुटाउन जतिसुकै षड्यन्त्र गरेपनि गठबन्धन कायम रहन्छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook