• होमपेज
  • बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री
द्रुत खबर बिशेष

बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्छ : नेतृ झाँक्री

काठमाडौँ- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफू शीतको थोपा बनी मुस्कुराई रहने बताएकी छन् । साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देख्ने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले र माओवादी केन्द्रले अलग-अलग गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् ।

विज्ञापन

पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले एकतर्फीरुपमा पार्टीका गतिविधिहरु सञ्‍चालन गरिरहेका छन् । यता नेपाल समूहले बुधबार आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर अब कसरी अघि बढ्ने भन्‍ने विषयमा छलफल गरेका छन् ।

उक्त छलफल सकिएपछि माधव नेपाल समूहमा रहेकी नेतृ  झाँक्रीले क्रान्तिकारीहरुले बारुदको धुँवा र बादलभित्र पनि भविष्‍य देख्‍न सक्‍नुपर्ने भन्दै भावुक ट्वीट गरेकी हुन् ।

उनले भनेकी छन्, “प्रिय साथि्हरू, शीतको थोपा बनी मुस्कुराइ रहनेछु । मार्क्सवादीहरूले सुदूरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन् । क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ ।” साविक नेकपाको माधव-प्रचण्ड समूहमा रहँदा उनले प्रधानमन्त्री ओली पक्षको कडा आलोचना गरेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook