• होमपेज
  • प्रवासीको सहयोगमा पर्वतको पैयूँमा एम्बुलेन्स हस्तान्तरण
द्रुत खबर बिशेष

प्रवासीको सहयोगमा पर्वतको पैयूँमा एम्बुलेन्स हस्तान्तरण

पर्वत । पर्वतको पैयुुँ गाउँपालिकाका बासिन्दालाई प्रवासी नेपालीहरुले एम्बुलेन्स सहयोग गरेका छन् । बेलायतमा सक्रिय पैयुँखोला मगर समाज यूकेले पैयुँ गाउँपालिकाबासीहरुलाई उपहार स्वरुप एम्बुलेन्स खरिद गरि हस्तान्तरण गरेको हो । ३९ औँ मगर दिवशको अवसरमा आज हुवासमा विशेष कार्यक्रमको आयोजना गरि पैयुँवासीहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।

प्रवासमा रहेका पैयुँखोलावासीहरुमार्फत संकलन भएको १४ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरि समूदायलाई प्रदान गरिएको पैयुँखोला मगर समाज यूकेका अध्यक्ष धनवहादुर थापाले जानकारी दिनुभयो । सामाजिक उत्तरदायित्वको महसुस गरि पैयुँखोलावासीहरुलाई एम्बुलेन्स उपहार दिईएको थापाले बताउनुभयो ।

विज्ञापन

समाजका सचिव नेत्र आलेले विरामी पर्दा गाउँवासीहरुले ठूलो सास्ती पाउँदै आएको हुनाले संस्था मार्फत एम्बुलेन्स प्रदान गरिएको जानकारी दिनुभएको छ । समाजले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि आफ्नो गाउँ ठाउँको लागि सक्दो सहयोग गर्दै जाने आलेले बताउनुभयो ।

कोभिडका कारण समाजका सबै पदाधिकारी एम्बुलेन्स हस्तान्तरण कार्यक्रम आउन सकेका थिएनन् । पैयुँखोला समाज यूकेका आजिवन सदस्य एवं सल्लाहकार शहबिर आलेले एम्बुलेन्स समूदायलाई हस्तान्तरण गर्नुभयो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पैयुुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ, विभिन्न वडाका जनप्रतिनिधी, शिक्षक, विद्यार्र्थी, समाजसेवी, राजनीतिक दल, विभिन्न क्लवका प्रतिनिधी पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा काठमाण्डौँबाट ईन्द्रणीको टोली समेत आएको छ । ईन्द्रणी कार्यक्रमका सञ्चालन कृष्ण कंडेल सहित कलाकार र बाध्यबादकको टोली पैयुँमा आएर पैयुँखोला मगर समाजको सामाजिक अभियानलाई देश बिदेशमा प्रचार गर्ने भएको छ । सांस्कृतिक कार्यक्रमले स्थानीयहरुलाई मनोरञ्जन समेत प्राप्त भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook