• होमपेज
  • एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा
अर्थ खबर

एनआरएनएका अध्यक्ष कुमार पन्तले पर्वत पुगेर गरे यस्तो खुलासा

पर्वत । गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले नेपालको पूर्वाधार क्षेत्रमा एनआरएनले १० अर्व रुपैयाँको परियोजना सञ्चालन गर्ने तयारी रहेको बताउनुभएको छ । उहाँले परियोजना सञ्चालनका लागि अर्थ मन्त्रालयको ईजाजत समेत पाईसकेकाले परियोजना अगाडी बढाउन सहज भएको बताउनुभयो ।

पन्तले बिदेशमा रहेका नेपालीहरुले नेपालको विकास र समृद्धि देख्न चाहिरहेको भन्दै त्यसका लागि गैर आवासीय नेपाली संघ सरकारसँग हातेमालो गर्न तयार रहेको अवगत गराउनुभयो ।

विज्ञापन

कार्यक्रममा बोल्दै संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले गैर आवासीय नेपालीहरुमा रहेको एकता र देशको विकासमा भैरहेको लगानीको उच्च प्रसंसा गर्नुभयो । पर्वतमा साहासिक पर्यटन, कृषि र जलविद्युतको राम्रो संभावना रहेकाले त्यस्ता क्षेत्रमा गैर आवासीय नेपालीहरुलाई लगानी गर्न आव्हान गर्नुभयो । लगानीका लागि नगरपालिका लगायतका यहाँका सरोकार निकायले व्यवस्थित योजना बनाएर उहाँहरुलाई आव्हान गर्नुपर्ने नेता जोशीले बताउनुभयो ।

गैर आवासीय नेपाली संघका पूर्व बरिष्ठ उपाध्यक्ष एवं वर्तमान सल्लाहाकार कुल आचार्यले आफुहरु बिदेशमा भएपनि आफुहरुलाई देशकै चिन्ता रहेको बताउनुभयो । एनआरएनए संधै समाजसेवा र देशको विकासमा चिन्तित रहेको बताउँदै आचार्यले मातृभूमीका लागि सक्दो सहयोग गरिरहेको बताउनुभयो । यहाँका संभावनाको विज्ञहरु संग छलफल गरेर पर्वतमा पनि उल्लेखनिय परियोजना सञ्चालन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा आगन्तुक व्याक्तित्वहरुलाई स्वागत गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले गैर आवासीय नेपाली संघ लाई पर्वत धार्मिक पर्यटनको उन्नत क्षेत्र रहेको भन्दै यसको विकासमा सहकार्य गर्न अनुरोध गर्नुभयो । लामिछानेले कुश्मा नगरपालिकामा रहेका गुप्तेश्वर, अल्पेश्वर, पार्वती, लालेश्वर गुफा, मोदीबेनी, पञ्चासे, सहस्रधारा, दुर्लुङकोट, बाटुलेचौर लगायतका धार्मिक क्षेत्र विश्वमै चिनाउन लायक क्षेत्र रहेकाले यिनीहरुको प्रचार गरिदिन पनि आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, गुप्तेश्वर क्याम्पसका अध्यक्ष बसन्तकुमार कर्माचार्य, रेडक्रसका सभापती रुद्रबहादुर रिमाल, गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा स्वागत कुनपा ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले गर्नुभयो भने सञ्चालन कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook