• होमपेज
  • नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य ब्राउन सुगरसहित पक्राउ
पत्रपत्रिका

नेकपा ओली समूहकी जिल्ला कमिटी सदस्य ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी छिन्।

उनी उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती हुन्। ओली समूहकी जिल्ला कमिटी सदस्य रहेकी पोखरेल नेकपाकी सक्रिय कार्यकर्ता समेत रहेको बताइएको छ ।

विज्ञापन

तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा प्लाष्टिकसहित २।२२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले पोखरेलको स्कूटरमा खानतलासी गर्दा ब्राउन सुगर भेटेपछि नियन्त्रणमा लिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook