• होमपेज
  • भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !
द्रुत खबर बिशेष

भागरथीको हत्या आफ्नै सहपाठीले गरेको खुल्यो, यस्तो रहेछ हत्याको रहस्य !

बैतडीको दोगडाकेदार गाउँपालिका—७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्या उनकै विद्यालयमा सँगै पढ्ने एक युवाले गरेको खुलेको छ । उनले प्रहरीसमक्ष सो हत्या स्वीकार पनि गरेका छन् । स्थानीय सनातम धर्म माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् भागरथी । ती युवा पनि सोही विद्यालयका सहपाठी हुन् ।

प्रहरी स्रोतका अनुसार ती युवकको नाम दिनेश भट्ट हो । ती युवालाई प्रहरीले बुधबार बिहान १० बजेपछि सार्वजनिक गर्ने तयारी गरिएको छ । घटनाको १३औँ दिन प्रहरीले उनलाई पक्राउ गरेको हो । आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाएको बताएका छन् । त्यसपछि घाइते अवस्थामा रहेही उनलाई बलात्कार गरेको पनि उनले प्रहरी समक्ष बयान दिएको प्रहरी स्रोतको दाबी छ । भागरथीको बलात्कारसमेत भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।

विज्ञापन

‘आरोपी भागरथीका छिमेकी हुन् । माघ २१ गते अर्थात् हत्याको दिन विद्यालयबाट फर्किँदा बाटोमा बलात्कार तथा हत्या गरेको उनले स्विकारेका छन् । सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेश सिंहले मंगलबार राति सो कुराको पुष्टि गरेका छन् ।

स्थानीय सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथी २१ माघमा विद्यालयबाट फर्किँदा सम्पर्कविहीन भएकी थिइन् । अर्को दिन स्थानीय लवलेक जंगलमा उनको शव भेटिएको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका ती युवकले अभियोग स्विकारेका छन् ।

उनले किन यस्तो जघन्य अपराध गरेका हुन् भन्ने बारेमा विस्तृतमा केही आएको छैन । तर पनि यति जघन्य अपराधमा पक्राउ परेका आरोपीले बदला लिन यो घटना गराएको बहाना बनाएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छिमेकीका बीचमा परिवारका बीचमा पुरानो रिसइबी रहेको देखिएको र सो रिसइबीका कारण यस्तो अपराध गरेको देखिएको छ ।

भागरथी र दिनेशका बाबुको बीचमा रिसइबी रहेको र त्यही पालाको प्रतिशोध लिन छोरीलाई बलात्कार गरेको बयान आरोपीले दिएका छन् । तर त्यो बहाना मात्र हो कि वास्तविक भन्ने बरेमा भने अनुसन्धान जारी रहेको एक प्रहरी अधिकृतले भनेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook