• होमपेज
  • प्रचण्ड-नेपाल पक्षको चौथो चरणको आन्दोलन: जिल्लास्तरीय विरोध प्रदर्शन, टुँडिखेलमा भोलि मानव साङ्लो
Breaking News

प्रचण्ड-नेपाल पक्षको चौथो चरणको आन्दोलन: जिल्लास्तरीय विरोध प्रदर्शन, टुँडिखेलमा भोलि मानव साङ्लो

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धमा आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन शुरु भएको छ ।

चौथो चरणको आन्दोलनको कार्यक्रम अनुसार प्रचण्ड–नेपाल समुहले आज (फागुन ५) देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन र सभाको नेतृत्व जिल्लास्तरीय नेताहरुले गर्ने छन् ।

विज्ञापन

भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर विरोध कार्यक्रम आयोजना गरेको छ । सरकारबाट गत पुस ५ गते संसद विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–माधव समूहले आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook