• होमपेज
  • विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार
कुश्मा नगरपालिका

विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार

पर्वत । नेकपा बिभाजनको असर बिद्यालयमा समेत परेको छ । पर्वतको कुश्मा नगरपालिका १४ आर्थर स्थित पन्चकोशी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनका लागी २ पुरुष सदस्यका लागि भएको निर्वाचनमा ओली समुहको लज्जास्पद हार भएको छ ।

नेकपाका माधब प्रचण्ड समूह र ओली समुहको बीच भएको निर्वाचनमा ओली समुहलाई कांग्रेसले समेत साथ दिएको थियो । निर्वाचनको मत परिणाम अनुसार नेकपा माधब प्रचण्ड समुहका लोक बहादुर गुरुङ १०२ मत प्राप्त गरि बिजयी भए । त्यस्तै नेपाली कांग्रेसका कृष्ण बानिया ९२ प्राप्त गरि बिजयी भएका छन् । ओली समुहका चन्द्रसुर्य गुरुङले ६२ मत मात्रै पाएको विद्यालयले जनाएको छ ।

विज्ञापन

पराजित चन्द्रसुर्य गुरुङलाई साथ दिनका लागि नेपाली कांग्रेसका ओमकार गुरुङले आफ्नो उम्मेदवारी समेत फिर्ता लिएका थिए । २ खुला सदस्यका लागि भएको निर्वाचनलाई दुबै पक्षले आफ्नो प्रतिष्ठा बनाएका थिए । समितिका २ महिला सदस्य भने यस अघि नै सर्बसम्मत भैसकेको विद्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook