• होमपेज
  • फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन
गण्डकी प्रदेश

फलेवास नगर अस्पतालको नगरप्रमुखद्धारा उद्घाटन

जिल्लाको फलेवास नगरपालिकाले १० शैयाको नगर अस्पताल संचालनमा ल्याएको छ । सरकारको एक पालिका एक अस्पताल कार्यक्रम अन्तर्गत फलेवास नगरपालिकाले दश शैयाको अस्पताल संचालनमा ल्याएको हो । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नगरवासीको स्वास्थ्य सेवालाई मध्येनजर गदै अस्पताल संचालनमा ल्याएको जनाईएको छ ।

अस्पतालको फलेवास नगर प्रमुख पदमपाणि शर्माले उद्घाटन गर्नुभएको हो । नगरप्रमुख पदमपाणि शर्माले अस्पताल उद्घाटन सँगै नगरपालिका स्वास्थ्य क्षेत्रको नयाँ युगमा प्रवेश गरेको बताउनु भयो । उहाँले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वास्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताउनु भयो । नगरप्रमुख शर्माले नगर अस्पतालमा केही महिनामै दन्त सेवासमेत सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

विज्ञापन

अस्पताल निर्माणका लागि नेपाल सरकारले १० करोड ६३ लाख सहयोग गरेको तथा आवश्यक सामग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो । अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एकजना कार्यालय सहयोगी रहने छन् ।

कार्यक्रममा फलेवास नगरपालिकाकी उपमेयर मन्जु अधिकारी, फलेवास नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण आचार्य, स्वास्थ्य शाखा विभागका बैगुण्ठ राज गौत्तम, नगर अस्पतालका डाक्टर बिप्लव अधिकारी, फलेवास नगरपालिका प्रवक्ता एवम् वडा नम्वर ४ मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेल, वडा नम्वर ६ का वडा अध्यक्ष भोलानाथ भुषाल, एनआरएनए रसियाका सचिव रामेश्वर गौत्तम लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । उक्त कार्यक्रमको संचालन नगरपालिकाका कार्यक्रम व्यवस्थापक देविप्रसाद तिमिल्सीनाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा स्वास्थ्य शाखा विभागवाट प्राप्त ६ लाख भन्दा बढिको स्वास्थ्य सामग्री नगरपम्रुख शर्मालाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य शाखा विभागका बैगुण्ठ राज गौत्तमका अनुसार अस्पताललाई एक लाख ५० हजारको औषधी, चार लाख ४९ हजारको बेड र २५ हजार बरावरको अन्य उपकरण सहितको सामग्री वितरण गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook