• होमपेज
  • पाङराङ वडा कार्यालयको शिलान्यास, सबै वडाको समान्तर विकासमा जोड दिएका छौँ – नगरप्रमुख शर्मा
पर्वत बिशेष

पाङराङ वडा कार्यालयको शिलान्यास, सबै वडाको समान्तर विकासमा जोड दिएका छौँ – नगरप्रमुख शर्मा

पर्वत । फलेवास नगरपालिका–११ पाङराङमा वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । भवनको फलेवास नगरपालिका नगरप्रमुख पदमपाणि शर्मा र वडा अध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’ले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले फलेवास नगरपालिका पुर्नसंरचनाको नयाँ युगवाट अगाडि बढेको बताउनु भयो । ‘पहिला कार्कीनेटा र पाङराङ भन्ने छुट्टाछुट्टै गाविस र इलाका हुन्थ्यो । राज्य स्थानिय तहको पुनंसंरचना सँगसँगै बाच्छाखोला देखी, ढुङगेठाँटी हँुदै सुलीकोट, डहरेलेख र चिसापानी सम्मको भावना एउटै हुनुपर्छ भनेर फलेवास नगरपालिका लागेको छ,’–उहाँले भन्नुभयो ।

विज्ञापन

फलेवास नगरपालिकाले प्राथमिकताका आधारमा विकास गर्ने रणतिनि अनुसार सबै वडाको समान्तर विकासमा जोड दिएको बताउनु भयो ।  उहाँले फलेवास नगरपालिकाले शिक्षामा पुनजारणको अभियान सँगै स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा नयाँ अवधारण ल्याएको बताउनु भयो । विकास निर्माणमा स्थानिय जनसमुदायको भूमिका अहम् रहेको बताउँदै समय अवधीमा काम सक्ने कामदार र ठेकेदार कम्पनीलाई पनि सम्मान गर्ने जानकारी दिनुभयो ।

वडा अध्यक्ष जितवहादुर सुनार ‘शेरवहादुर’ले वडा कार्यालय भवन निर्माणपछि जनतालाई सेवा दिन थप सहज हुने बताउनु भयो । उहाँले वडा कार्यालयको भवन निर्माणले स्थानिय नागरिकमा खुशी थपिएको बताउनु भयो । भवन सानो र जिर्ण हुँदा समस्या भएको बताउँदै भवन सँगै सेवा प्रवाहमा छिटो छरितो हुने दावी गर्नुभयो । भवन निर्माण आफ्नो चुनावी एजेण्डा पनि भएकाले सुनाउँदै वडा अध्यक्ष सुनारले आफुले चुनावी बाचा पुरा गरेको बताउनु भयो ।

एक करोड २० लाख लागतमा निर्माण हुन लागेको भवनमा ६ वटा कोठा हुनेछन् । ३ तले भवनको डिपिआर तयार भएपनि तत्कालका लागि एक तले भवन निर्माण गर्न लागेको वडा सदस्य टेकवहादुर पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार ६ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोछ । ‘आगामी दिनमा आवश्यकता अनुसार भवन निर्माण कार्यलाई अगाढि बढाईने छ,’पाठकले भन्नुभयो,‘अहिले बजेट अपुग भएका कारण एकतले भवन निर्माण गर्न लागेको हौँ ।’

फलेवास नगरपालिकाले पछिल्लो समय धमाधम वडा कार्यालय भवन शिलान्यास गर्न थालेको छ । नगरपालिकाका कार्यक्रम व्यवस्थापक देविप्रसाद तिमिल्सीनाका अनुसार फनपा–१ कार्कीनेटा नडा नम्वर ४ मुडिकुवा र वडा नम्वर ६ देविस्थानमा सुविधा सम्पन्न भवन निर्माण भईसकेका छन् । फनपा २ थापाठाना, ९ भँगरा, १० कुर्घामा शिलान्यास भएर काम शुरु भईसकेको छ भने ठानामौला र शंकरपोखरीको भवन निर्माणका लागि छिट्टै टेण्डर आह्वान गर्ने योजना रहेको छ । त्यस्तै खानीगाउँ, लिमिठानामा वडा कार्यालय भवन बनाउने जग्गाको खोजी भईराखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook