मन लागेर बिछट्टै भाे खेतिबाली फेर्न
एउटै बाेटमा धेरै फल्ने रुखका फल ति हेर्न
हुँदाखाँदाकाे बाली फाँडि मेवा भन्दै राेपेँ
मर्ने हाे कि घामले भन्दै डाेकाे लगि छाेपेँ
विज्ञापन
खुबै गरे स्याहार शुसार गाेड्दै हाल्दै पानी
बिदेशी त्याे मल नि हाले किनि छानि-छानि!
पाँउदा खेरि स्यार शुसार त्याे रुखले हाम्राे
हर्लक्कै बढी हाल्याे बाेट नि भयाे राम्राे
हेर्न थाले रुख तिर कहिले फल्छ भनि
सप्रिएकाे त्याे रुखका आँख्ला आँख्ला गनि
कस्ताे खालकाे परेछ खै मात्रै छुस्स फूल्छ!
दुइ दिन पछि ओइली झर्छ फल लाउन चाँहि भुल्छ!
कति गरे मलजल त्यस्काे कति गरे सेवा
आखिरीमा फसिइएछ राेपि भाले मेवा!
आज फल्ला भाेली फल्ला आएन त्याे दिन!
यस्ताे खालकाे बाेझ बृक्ष राख्नु कति किन?
आश देखाउदै शाेसि खायाे खेतबारीकाे मल
के गर्नु खै त्यस्ताे लाथ्राे लाग्दैन केहि फल!
न त मिल्छ बनाउनलाइ टेकि हिँड्ने लाैराे
न त बन्छ चिरे पनि आगो ताप्ने दाउराे!
काट्दा पनि बन्दैन केहि देख्दा बृक्ष भा ‘नि
भित्र सबै ढ्वाङ परेकाे बाेक्राे पानी -पानी!
करिमैले यस्ताे पार्याे ला’काे खेती फाँड्न
बर्षाै देखि हुर्काएर ठुन्काएर गाड्न!
नराम्ररी फसिइएछ चक चक -चक धेरै गर्दा
भाले मेवा फल्छ भन्दै त्यसका भर पर्दा!
नर्सरीले ढाँट्याे कि खै ल्याउनेले पाे साँटाे
जुन खेती नि यस्तै हुन्छ दाेषी छ कि माटाे!!
-अर्जुनराज पन्त ,बाग्लुङ मुलपानी
(ब्यङग्य कवि पहिलाे ब्यङग्यकाब्य’काेइली’का समेत लेखक हुन)
फेसबुक प्रतिक्रियाहरु