• होमपेज
  • अन्नपूर्ण गाउँपालिकामा सूचना सञ्जालको भेला सम्पन्न
गण्डकी प्रदेश

अन्नपूर्ण गाउँपालिकामा सूचना सञ्जालको भेला सम्पन्न

कास्कीको अन्नपूर्ण गाउँपालिकामा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल अन्नपूर्ण गाउँपालिका भेला सम्पन्न भएको छ। भेलाले यज्ञराज पौडेलको संयोजकत्वमा ९ सदस्यीय अन्नपूर्ण गाउपालिका सञ्जाल गठन गरेको छ।

सञ्जालको सह–संयोजकमा निर्मला अधिकारी, सदस्य सचिवमा बाबुराम भण्डारी र सदस्यहरुमा छविराज पौडेल, टंकराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहेका छन्।

विज्ञापन

सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल, गण्डकी प्रदेश, कास्की जिल्ला अन्नपूर्ण गाऊपालिकामा पालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारीको प्रमुख आतिथ्यतामा व्यानारमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन भएको थियो।

कार्यक्रममा बोल्दै अधिकारीले सूचना सञ्जाल गाऊँपालिकामा गठन हुनु एउटा खुसीको कुरा भएको र यसले स्थानीय तहलाई अझ मजबुद बनाउने बताएका छन्। अन्नपूर्ण गाउँपालिका सञ्जाल राजनैतिक र व्यक्तिगत स्वार्थका लागि नभई जनस्तरको हितका लागि काम गर्न सफल होस् भनी शुभकामना दिएका थिए। आफू सदैव सकरात्मक सोंचका साथ सूचना अभियन्तालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

कार्यक्रमका विशेष अतिथि तथा अन्नपूर्ण गाउँपालिकाका सूचना अधिकारी बलराम भुगाईले अन्नपूर्ण गाउँपालिकामा लिखित सूचना नआएको तर अनलाईन सूचनाहरु आएको र आफूले अनलाईनमार्फत नै सूचना दिएको जानकारी गराएका थिए। सूचना माग्नु आम नागरिकको अधिकार भएको र आफूले सही सूचना दिनु कर्तव्य रहेको हुँदा निर्धक्क सँग आवश्यक परेको सूचना मागेमा सदैव सही सूचना दिन गाउँपालिका तयार रहेको जानकारी गराए।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सूचना सञ्जाल गण्डकी प्रदेशका संयोजक दिपक आचार्यले आम नागरिकले पाउनुपर्ने सूचना मौखिक माग्दा नपाएमा त्यसलाई लिखित रुपमा मागेमा सूचना अनिवार्य पाइने जनाएका थिए। सही सूचनाले भ्रष्टचारलाई न्युनिकरण गर्नमा समेत मद्धत पुग्ने बताएका थिए।

त्यसै गरी राष्ट्रिय सूचना सञ्जाल कास्की जिल्ला संयोजक यदुनाथ बञ्जाराले अन्नपूर्ण गाउँपालिका एउटा सफल पालिका भएको र आजका दिनसम्म सूचना विषयमा कुनै गुनासा नआएको बताए। आगामी दिनमा सही सूचना प्रवाह गरी सहयोग गर्न आग्रह गरेका थिए।

अन्नपूर्ण गाउपालिका सञ्जालका संयोजक यज्ञराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम पोखरा महानगर सञ्जालका सदस्य पदम श्रेष्ठले कार्यक्रमको सञ्चालन गरेका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook