• होमपेज
  • प्रहरी नियन्त्रणबाट रिहा भए रामचन्द्र पौडेल
पत्रपत्रिका

प्रहरी नियन्त्रणबाट रिहा भए रामचन्द्र पौडेल

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्।

व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अवरोध गरेको थियो। प्रशासन लगाएर उद्घाटन रोक्ने प्रयास भएपछि त्यसको विरोधमा पौडेलले जनस्तरीय भेलालाई सम्बोधन गर्ने तयारी गरेका थिए। त्यहीक्रममा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको थियो।

विज्ञापन

व्यास नगरपालिकाले उक्त पुल आज दिउँसो १ बजे वरिष्ठ नेता पौडेलबाट उद्घाटन गर्ने कार्यक्रम राखेको र नेकपा निकट राष्ट्रिय युवा संघले रोक्नुपर्ने भनेपछि पुल उद्घाटन विवाद भएको थियो।

पुल उद्घाटन रोक्न प्रशासनले सो क्षेत्रमा १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो।

पौडेललाई नियन्त्रणमा लिएको खबर सार्वजनिक भएपछि नेपाल कांग्रेसले उनलाई रिहा नगरे देशव्यापी प्रदर्शन गर्ने चेतावनी दिएको थियो।

आज साँझ जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई रिहा गरेको हो।  गण्डकी प्रदेश प्रहरी कार्यालयले भने नेता पौडेलको सुरक्षाका लागि उनलाई प्रहरी कार्यालयमा राखिएको दाबी गरेको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook