• होमपेज
  • कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु
गण्डकी प्रदेश

कोरोनापछि कामले गति लियो,मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे बिच्छ्याउन शुरु

पर्वत – कोभिड १९ को प्रकोप शुरु भएपछि रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । लोकमार्गको पर्वत खण्डमा सडक स्तरोउन्नतीको क्रममा मोदीखेत क्षेत्रमा कालोपत्रे बिच्छ्याउन शुरु गरिएको हो ।

कोरोनाका कारण गएको चैत्रको दोस्रो साता देखि रोकिएको निर्माण कार्य असोजको दोस्रो साता देखि शुरु भएको थियो । स्तरउन्नतीको कामलाई तीब्र बनाउँदै मोदीखेत देखि कालोपत्रे बिच्छ्याउन शुरु गरिएको पर्वत खण्डाको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्सन कम्पन्ीले जानकारी दिएको छ । कम्पनीका प्रतिनिधी राजाराम आचार्यका अनुसार जाडो नबढे सम्म कम्तीमा पनि ५ किलोमिटरमा कालोपत्रे बिच्छ्याउने काम सकिने छ । अनुकल भए सम्म कास्की र पर्वतको सिमाना सम्म कालोपत्रे बिच्छ्याउने काम निरन्तर हुने आचार्यले बताउनुभयो । ‘तापक्रम पुग्ने र बर्षाले नरोके सम्म कालोपत्रे बिच्छ्याउने काम भैरहन्छ।’ उहाँले भन्नुभयो ‘सडकको बाँकी खण्डमा पनि काम निरन्तर भैरहन्छ।’

विज्ञापन

निर्माण कम्पनीका अनुसार आयोजनाको पर्वतको प्रवेशद्वार देखि मालढुंगा सम्मको २३ दशमलब ७६९ किलोमिटर स्तरउन्नतीको कम्पनीले ८३ करोड ९८ लाख रुपैयामा ठेक्का लिएको हो । पर्वत खण्डको २३ किलोमिटर मध्ये स्टक्चरको काम ९८ प्रतिशत सकिएको छ । बागलुङ्गको सिमाना मालढुंगा देखि नयाँपुल सम्म करिब ५ किलोमिटर कालोपत्रे गरिएको छ । बाढी र पहिरोका कारण त्यो खण्डमा केही ठाउँमा सडक बिग्रेका कारण फेरी कालोपत्रे गर्नुपर्ने अबस्था छ । ‘अहिले बाँकी रहेको स्टक्चरको काम र बेस राखेको ठाउँमा कालोपत्रे बिच्छ्याउने काम शुरु भएको छ ।’ प्रोजेक्ट म्यानेजर भुसालले भन्नुभयो ‘बाँकी काम पनि यसै आर्थिक बर्षमा सबै काम पुरा हुन्छ, पहिले जस्तो काम रोकिने अबस्था छैन।’

पर्वत खण्डमा सडक निर्माण कार्य लामो समय सम्म अलपत्र भएपछि ब्यबस्थापनलाई सहयोग गर्न थप जनशक्ति तथा स्रोत साधन समेत गरेर काम थालिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook