• होमपेज
  • एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स
सूचना-प्रविधि

एप्पलले हटायो ४ हजार ५ सय वटा चिनियाँ गेमिङ एप्स

काठमाडौं – एप्पलले करिब ४५ सय वटा चिनियाँ गेमिङ एप्सहरु आफ्नो एप स्टोरबाट हटाएको छ । चीनमा हालै लागु गरिएको इन्टरनेट नीतिका आधारमा ४५ सय वटा गेम एप्सहरु हटाइएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

नयाँ नीतिमा गेम डेभलपर्सले चीनको एप स्टोरमा कुनै गेम अपलोड गर्नुभन्दा पहिले चिनियाँ निकायबाट अनिवार्य रुपमा स्वीकृति लिनुपर्ने नियम छ । एप्पलले चिनियाँ सरकारको दबाबका कारण ती एपहरु हटाएको हो ।

विज्ञापन

एप्पल चाइनाका मार्केटिङ म्यानेजर टड कुहन्सले १ जुलाइदेखि लागु भएको चीन सरकारको नयाँ नियमका कारण कैयन् गेम एप्सहरु हटाएको बताएका छन् ।

चीनमा लागु गरिएको नयाँ नियमका कारण २० हजारभन्दा बढी एप प्रभावित हुनसक्ने जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook