• होमपेज
  • सेटिएनको परिवर्तित सिष्टमले बार्सिलोनालाई हौसला
खेलकुद

सेटिएनको परिवर्तित सिष्टमले बार्सिलोनालाई हौसला

२३ असार, काठमाडौं । ढिलै भए पनि बार्सिलोनाले ९० मिनेटसम्म राम्रो फुटबल खेलेर समर्थकको मन जित्यो ।

सुधारको सबैभन्दा ठूलो कारण हो प्रशिक्षक केके सेटिएनले फर्मेसनलाई ४-३-१-२ मा परिणत गरे । यसले धेरै खेलाडीलाई प्रदर्शन देखाउन सहयोग गर्‍यो ।

विज्ञापन

एन्टोनी ग्रिजमनको लागि बार्सिलोनाको खेलाडीको रुपमा यो सबैभन्दा उत्तम रात थियो । फ्रेन्च खेलाडी ग्रिजमनले विङमा खेल्दा राम्रो गर्न सकेका थिएनन् । उनी छुट्टै जस्ता थिए जसले नतिजालाई असर गरेको थियो ।

जेरार्ड पिकेले पनि भिल्ला रियालविरुद्ध बार्सिलोनाको सुधारको कारण सिस्टममा परिवर्तन रहेको बताए ।

‘त्यहाँ धेरै कारणहरु छन् जसमा सिस्टमको परिवर्तन एक हो’ पिकेले खेलपछि भने । यस सिस्टम अनुसार तीन जना फरवार्डले अझै भित्र खेल्छन् र बक्स र गोल नजिक हुन्छन् ।

१० नम्बरको रुपमा खेल्न थालेपछि मेसी, सुआरेज र ग्रीजमन खेल राम्रो देखिन थालेका छन् । बार्सिलोनाको लागि समस्या भनेको यो फर्मेसन धेरै ढिला पत्ता लाग्यो, ला लिगा लगभग सकिन लाग्दा ।

बार्सिलोनाका क्लब पदाधिकारी र खेलाडी अझै पनि ला लिगाको उपाधि जित्न सक्ने विश्वास गर्छन् । उनीहरुले रेफ्रीलाई पनि दबाब दिन थालेका छन् जसले गर्दा बाँकी चार खेलमा राम्रो प्रभाव देखियोस् ।

उद्देश्य च्याम्पियन्स लिग

बार्सिलोनाका अध्यक्ष जोसेफ मारिय बार्तामेउले भिल्लारियलसंगको खेलपछि बार्सिलोनाले अझै ला लिगा  जित्ने सम्भावना रहेको बताएका थिए ।

उनले टिमले राम्रो गर्न थालेको भन्दै ला लिगामा अझै खेल बाँकी रहेको र च्याम्पियन्स लिग पनि बाँकी रहेको बताए । बार्सिलोनाले यदि च्याम्पियन्स लिगको  अन्तिम १६ को दोस्रो लेगमा नापोलीविरुद्ध कुनै कमजोरी नगरे क्लब उपाधि जित्नबाट ३ खेलमात्र टाढा हुने उनले बताए ।

ला सेरामिकमा सेटिएनले पहिलो महत्त्वपूर्ण कदम चाले । केवल प्रदर्शन र परिणामको कारणले मात्र होइन, उसले ड्रेसिङ रूममा कमाएको क्रेडिटको कारण पनि । खेलाडीहरूले यो महसुस गर्न आवश्यक छ कि उनीहरूको कुरा सुन्ने र परिणाम दिने प्रशिक्षक छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook