• होमपेज
  • थ्रेडिङ गरेपछि गर्न नहुने गल्ती
स्वास्थ्य-जीवनशैली

थ्रेडिङ गरेपछि गर्न नहुने गल्ती

थ्रेडिङ अर्थात् शरीरका अनावश्यक रौं उखेल्ने काम । हात, पाखुरालगायतका रौंदेखि आँखीभौं आसपासका रौं उखेल्न महिलाहरू महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन्। कतिले घरमै पनि थ्रेडिङ गर्छन्।

तर, थ्रेडिङपछि हुने दुखाइ र खटिराबाट छुट्कारा पाउनका लागि आमयुवतीहरूले केही गल्ती गर्छन्। यसबाट पछि उनीहरूले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ।

विज्ञापन

घाममा ननिस्किने

थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन। घाममा निस्किँदा विभिन्न समस्या हुनसक्छ । जब हामी शरीरको कुनै हिस्साको रौं निकाल्छौं, त्यो स्थान पूर्णरुपमा संवेदनशील हुन्छ । त्यसैले तपाईं यो समस्याबाट बच्नका लागि घाममा निस्किनबाट जोगिनुपर्छ ।

मेकअप नगर्ने

प्राय महिलाहरूले गर्ने गल्ती यही हो । कुनै पार्टीमा जानुपर्ने छ भने हतार-हतार थ्रेडिङ गराएर तुरुन्त मेकअप गर्न थाल्छन् । यो बिल्कुल गलत हो । यसले छालामा समस्या आउन सक्छ । त्यसैले थ्रेडिङ गराएको २४ घन्टापछि मात्रै मेकअप गर्नुपर्छ ।

औंला नलगाउने

थ्रेडिङ गरेपछि महिलाहरूले गर्ने अर्को गल्ती के हो भने उनीहरू त्यो स्थानमा बारम्बार टच गरिरहन्छन्। यसो गर्नु निकै हानिकारक हुन सक्छ । यदि थ्रेडिङ गरिएको स्थानमा लगातार टच गरियो भने इन्फेक्सन हुने, चिलाउने वा ब्रेकआउट हुने समस्या हुन सक्छ ।

चिलाउने

थ्रेडिङ गरेपछि महिलाहरू त्यो स्थानमा कन्याउन थाल्छन् । यसो गर्नु झन् खतरनाक हुन्छ । यदि चिलायो भने पनि सकभर कन्याउनु हुँदैन ।

यदि असह्य हुनेगरी चिलायो भने कन्याउनुको साटो मसाज गर्नुपर्छ । आफ्नो अनुहारलाई चिसो पानीले धुनुहोस् र गुलाब जलमा एलोबेरा मिसाएर यसमा मसाज गरौं । यसो गर्दा ‘सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने’ हुन्छ ।

मोइस्चराइजरले मसाज गर्ने

केही महिला थ्रेडिङ गरिसकेपछि आफ्नो आँखीभौंलाई यत्तिकै छाडिदिन्छन् । यसबाट आँखीभौंमा रुखोपना आउँछ। यसले गर्दा चिलाउने वा पोल्ने हुन सक्छ । यसबाट बच्नका लागि मोइस्चराइजरले मसाज गर्नु आवश्यक छ । यसले तपाईंको आँखीभौंलाई थप राम्रो बनाउँछ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook