पर्वत बिशेष

सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक
सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक

पर्वत । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाका बारेमा एकरुपता ल्याउन र सर्वसाधरण सेवाग्राहीलाई सहजै सेवाका बारेमा जानकारी दिने उद्देश्यले पर्वतमा कार्यसञ्चालन बिधी सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कार्य सञ्चालन बिधी९एसओपी० सार्वजनिक गर्नुभयो । सार्वजनिक सेवा प्रवाहमा एकरुपता, पारदर्शीता र […]

  • ४ years अगाडि
पर्वतका प्रहरी प्रमुख बुढाथोकीले भने– कालीगण्डकी दोहनलाई कानून अनुसार कारवाही गर्छु
पर्वतका प्रहरी प्रमुख बुढाथोकीले भने– कालीगण्डकी दोहनलाई कानून अनुसार कारवाही गर्छु

भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक (डिएसपी) शिबराज बुढाथोकीले पर्वत जिल्लामा विवादित विषयको रुपमा रहेको कालीगण्डकी दोहनलाई राज्यले दिएको अधिकार अनुसार कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आईतबार आयोजित सञ्चारकमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै बुढाथोकीले कालीगण्डकी नदी दोहनका कारण प्रहरीलाई समेत विवादमा मुच्ने गरेकाले विवाद रहित ढंगले काम […]

  • ४ years अगाडि
पुष्पलाल स्मृती दिवसको अवसरमा युवा संघ पर्वतद्वारा बिरामीलाई फलफूल वितरण
पुष्पलाल स्मृती दिवसको अवसरमा युवा संघ पर्वतद्वारा बिरामीलाई फलफूल वितरण

पर्वत/४३ औं पुष्पलाल स्मृती दिवसको अवसरमा युवा संघ पर्वतको आयोजनामा पर्वत अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व जेष्ठ कम्यूनिष्ट मञ्चका केन्द्रीय सदस्य तोयनाथ चालिसेले पार्टीलाई एकतावद्ध बनाउन पुष्पलालले अनुसरण गर्नुभएको बिधी र पद्धतीलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कम्यूनिष्ट पार्टी टुटफूट र विभाजनमा नलागि एकिकृत रुपमा अगाडी […]

  • ४ years अगाडि
पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर (एमबिए) तहको पढाई शुरु
पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर (एमबिए) तहको पढाई शुरु

पर्वत/जिल्लाको सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसले जिल्लामै पहिलो पटक स्नाकोत्तर तहको पढाई शुरु गर्ने भएको छ । क्याम्पसले आगामी भदौ दोस्रो सातादेखि व्यवस्थापन संकायमा स्नाकोत्तर तह (एमबिए) को पढाई शुरु गर्ने गरि तयारी थालेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । त्रिभुवन विश्वविद्यालयले हालै मात्र स्विकृती दिएपछि पढाईका लागि तयारी थालिएको क्याम्पस व्यवस्थापन […]

  • ४ years अगाडि
जलजलाको प्रमुख प्रशासकीय अधिकृतमा क्षेत्री
जलजलाको प्रमुख प्रशासकीय अधिकृतमा क्षेत्री

पर्वत ‌ । जलजला गाउँ पालिका पर्वतको निमित्त प्रमुख प्रशासकीय अधिकृतमा राजेन्द्र बहादुर क्षेत्री सरुवा भएका छन् । गाउँपालिका‌मा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अर्जुन पौडेल सरुवा भएपछि क्षेत्रीले पदभार ग्रहण गरेका हुन । पौडेल मुख्य मन्त्री कार्यलय गण्डकी प्रदेशमा सरुवा भएका छन् । प्रमुख प्रशासकीय अधिकृतको रूपमा पदभार ग्रहण गरेका क्षेत्रीलाई गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले […]

  • ४ years अगाडि
फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस
फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस

शिक्षामा आमुल परिवर्तन गरेको जिल्लाको फलेवास नगरपालिकाकाले दुई सामुदायिक विद्यालयमा स्कुलबस संचालनमा ल्याईएको छ । विद्यार्थीहरुलाई घरवाट विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्धेश्यले भवानी विद्यापिठ मावि खानीगाउँ र जनता मावि देविस्थानमा स्कुलबस ल्याईएको हो । फलेवास नगरपालिकाको सहयोगमा ल्याईएका बस मंगलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । फलेवासका नगरप्रमुख पदमपाणी शर्माले […]

  • ४ years अगाडि
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको हो । केन्द्रमा चालुतर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगततर्फ २ करोड १६ लाख रुपैयाँ बजेट रहेको थियो । जस […]

  • ४ years अगाडि
पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी
पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी

पर्वत । राष्ट्रिय लोकमार्ग अन्तर्गतको मध्यपहाडी लोकमार्ग यति बेला अस्तब्यस्त भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो जाँदा लोकमार्गको विभिन्न ठाउँ अवरुद्ध भएका छन् । अवरुद्ध केहि ठाउँका पहिरो हटाए पनि कुश्मा नगरपालिका वडा न २ अर्मादीमा गएको पहिरो भने २ दिन अबेलासम्म पनि हटेको छैन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उक्त […]

  • ४ years अगाडि
कुश्मामा खानेपानीको हाहाकार
कुश्मामा खानेपानीको हाहाकार

कुश्मा/वर्षासँगै आएको बाढीका कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको […]

  • ४ years अगाडि
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी

पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् । केन्द्रमा शेर बहादुर देउबा, रामचन्द्र पौडेल र शसांक कोईरालाहरुले सभापतीमा दाबी गरेसँगै पर्वतमा पनि ३ वटै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु […]

  • ४ years अगाडि
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित […]

  • ४ years अगाडि
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा […]

  • ४ years अगाडि