• होमपेज
  • खुकुरी प्रहार गर्ने १ र मोटरसाईकल पड्काई प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ पक्राउ
गण्डकी प्रदेश

खुकुरी प्रहार गर्ने १ र मोटरसाईकल पड्काई प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ पक्राउ

पर्वत/सदरमुकाम कुस्मा स्थित आचार्य चोकमा मंगलबार राती २ युवालाई खुकुरी प्रहार गरि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका कुश्मा नगरपालिका १३ घर भई हाल कुश्मा ७ खरेहा बस्ने २० वर्षको सुमन लाई पक्राउ गरिएको हो ।

केसीलाई पर्वत जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । केसीले मंगलवार राती पर्वत कुश्मा नगरपालिका वडा नं ३ बस्ने बर्ष १७ को अविनेश विश्वकर्मा र बागलुङ नगरपालिका १३ बस्ने बर्ष २५ को अमिर के.सी. लाई टाउको र पाखुरामा धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते बनाई फरार रहेको बताइएको छ ।

विज्ञापन

प्रहरीलाई अभद्र व्यवहार गर्ने ३ पक्राउ 

यस्तै प्रहरी माथि अभद्र व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार कुश्मा नगरपालिका ३ दुर्लुङ बस्ने बर्ष २४ को अम्मर गुरुङ, कुश्मा न.पा. वडा नं. ५ बस्ने बर्ष अन्दाजी २५ को राहुल खड्का र कुश्मा न.पा. वडा नं. ६ बस्ने बर्ष अन्दाजी २५ को साजन श्रेष्ठलेलाई प्रहरीले पक्राउ गरेको छ ।

तिब्र गतिमा ठूलो आवाज गरी मोटरसाईकल चलाई रहेको अवस्थामा प्रहरीले रोकी नियमानुसार जरीवाना गर्न पठाउदा प्रहरीसंग वादविवाद गरी प्रहरीलाई नै अपशब्द बोली अभद्र व्यवहार गरेकोमा निजहरुलाई तत्काल पक्राउ गरी अभद्र ब्यबहार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट पहिलो पटक दश दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकोछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook