• होमपेज
  • पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
गण्डकी प्रदेश

पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

विज्ञापन

३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

मृतकको शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको छ ।

गुरुङ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook