• होमपेज
  • सत्ता गठबन्धनको चुनावी घरदैलो ठुलीपोखरीमा, भारी मतका साथ उम्मेदवार बिजय गराउने प्रतिवद्दता
देश/प्रदेश

सत्ता गठबन्धनको चुनावी घरदैलो ठुलीपोखरीमा, भारी मतका साथ उम्मेदवार बिजय गराउने प्रतिवद्दता

पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा गठबन्धन दलको आयोजनामा कोणसभा तथा घरदैलो गरिएको छ ।

प्रदेशसभा क का उम्मेदवार सुदिप कुँवर सहित घरदैलो तथा कोणसभा गरिएको हो । कुँवरको जन्मथलो समेत रहेको ठुलीपोखरीका बासिन्दाहरु आफ्नो ठाउँको यूवा प्रदेश साँसदमा उम्मेदवार बनेकोमा खुशी व्यक्त गर्दै सबै आस्था र विचारलाई त्यागेर कुँवरलाइई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै प्रतिनिधीसभाका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई पनि कुँवरकै हाराहारीमा मतदान गर्ने उनीहरुले बताए ।

विज्ञापन

कार्यक्रममा नेकपा माओबादीका केन्द्रिय सदस्य गुप्तवहादुर हमालले गठबन्धन नभएको भए मुलुकको प्राप्त उपलब्धी नास हुने थियो भन्दै देशलाई सहि दिशामा ल्याउन गठबन्धन सफल भएको जिकिर गर्नुभयो । मुलुक बचाउने र प्रतिगमनकारीको हातमा सुम्पिने भन्ने दुई वटा विकल्प रहेको बताउँदै मुलुक बचाउन जनताले गठबन्धन लाई रोज्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेस पर्वतका उपसभापति डा.चुडामणी शर्माले गठबन्धन दलका उम्मेदवारले निर्वाचन जित्नेमा कुनै शंका नरहेको बताउनुभयो ।
जनताको घरदैलोमा पुगेर सेवा गरेको र मुलुकको हितका लागि काम गरेको हुनाले गठबन्धन विजयी हुने शर्माले बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य शिव शर्मा अधिकारीले पर्वतमा त्यागी नेताहरुले टिकट पाएको बताउँदै जनताले पनि न्यायपूर्ण निर्णय गर्न आग्रह गर्नुभयो । नेता अधिकारीले पर्वतको संभावना उजागर गर्नुपर्ने अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै गठबन्धनका उम्मेदवारले जितेपछि पर्वतको विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रदेशसभा ‘क’ का उम्मेदवार सुदिप कुँवरले सबैको भावना र चाहना बुझेर आफुले काम गर्ने बताउनुभयो ।

मुलुक र देशमा देखिएका हर समस्याको समाधान गर्नका लागि आफु उम्मेदवार बनेर आएको कुँवरले बताउनुभयो । कार्यक्रममा समानुपातिक उम्मेदवार एवं माओबादी केन्द्रका नेता मनरुपा शर्मा, नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति राजकुमार क्षेत्री, नेकपा माओबादीका नगर अध्यक्ष शंकर गिरी,नेकपा समाजबादीका नेता ढाकाराम गौतम लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस कुश्मा १२ का सभापति कुमार सुबेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत हरिश्चन्द्र सापकोटाले गर्नुभएको थियो भने सञ्चालन चुडामणी शर्माले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook