• होमपेज
  • नवौँ राष्ट्रिय खेलकुदः कराँतेको स्वर्णमा अग्रता नेपाल प्रहरीलाई
खेलकुद

नवौँ राष्ट्रिय खेलकुदः कराँतेको स्वर्णमा अग्रता नेपाल प्रहरीलाई

गणेश पौडेल ।
पर्वत असोज ३० गते । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत कराँतेको आईतबार ४ तौल समूहका खेल सम्पन्न भएकाछन् । पर्वत सदरमुकाम कुश्मामा आइतबार सम्पन्न खेलमा विभागीय नेपाल पुलिस क्लबले तीन स्वर्ण आफ्नो पक्षमा पार्न सफल भएको छ ।

४ तौल समूह मध्ये महिलाको ५५ केजी, पुरुषको ७५ केजी, पुरुषको ८४ केजी माथि र महिलाको ६१ केजी तौल समूहका फाइनल खेलहरू सम्पन्न भएका हुन् । ८४ केजी माथिको तौल समूहमा नेपाल पुलिस क्लबका विप्लवलाल श्रेष्ठले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । त्यस्तै पुरुष ७५ केजी तौल समूहमा गङ्गाराम कुँवरले र महिला ५५ केजी तौल समूहमा सोनी राईले स्वर्ण पदक हात पार्न सफल हुनुभएको हो ।

विज्ञापन

पुरुष ८४ केजी माथिको तौल समूहमा नेपाली सेनाका विपिनराजसिंह दर्जीले रजत पदक र एपीएफका दिगम्बरप्रसाद पन्त र लुम्बिनी प्रदेशका नारायण गुरुङले तेस्रो स्थानमा रहँदै एक÷एक कांस्य पदक प्राप्त गर्नुभएको छ ।

पुरुष ७५ केजी तौल समूहमा गण्डकी प्रदेशका प्रतीक घर्ती मगरले रजत तथा बागमती प्रदेशका रोशन बलामी र प्रदेश नं. १ का रुरिहाङ राईले एक÷एक कांस्य पदक प्राप्त गर्नुभएको हो ।

यस्तै महिला ५५ केजी तौल समूहमा प्रदेश नं. १ की विद्याकला राईले रजत पदक र गण्डकी प्रदेशकी अनु गुरुङ र सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी मनीषा चौधरीले कांस्य पदक पाउनुभएको हो ।

महिला ६१ केजी तौल समूहको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक हात पारेको छ । आर्मीकी अनु अधिकारी प्रथम हुँदै स्वर्ण पुलिसकी अर्मिला डिसीले रजत पदक, लुम्बिनी प्रदेशकी रविना घर्ती मगर र एपीएफका एस्तर राईले १÷१ कांस्य पदक प्राप्त गर्नुभएको हो ।

प्रतियोगिताअन्तर्गत सोमबार पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजीभन्दा तल र पुरुष ८४ केजीभन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुनेछन् । यी विधाको सेमिफाइनल र फाइनल खेलहरू सोही दिनको दुई बजेपछि खेलाउने गरि तय गरिएको स्थानीय आयोजक बुद्ध पुनले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook