• होमपेज
  • देउरालीका मतदाता भन्छन्- गठबन्धनका उम्मेदवार जिताउँछौं हाम्रा समस्या नबिर्सनु
देश/प्रदेश

देउरालीका मतदाता भन्छन्- गठबन्धनका उम्मेदवार जिताउँछौं हाम्रा समस्या नबिर्सनु

कुस्मा । तपाईँसँग के गुनासो गरौं, जसलाई जितायौं, उहाँले केही गर्नुभएन। चुनावमा आश्वासन दिए, जितेर गएपछि फर्किहेरेनन् मोदी गाउँपालिका-३ जोगिथुमका बिजय गुरुङले वाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार सुदिप कुँवरको टिमसँग अघिल्लो चुनावको अनुभव साटे।

मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार कुँवर यति बेला चुनावी घरदैलो अभियानमा छन्। घरदैलो अभियानका क्रममा उनले मतदाताका समस्या सुनिरहेका छन्। त्यसक्रममा गुरुङले यसअघि निर्वाचित सांसदसँग असन्तुष्टि पोखे। चुनावमा भोट दिएको सांसदले सामान्य सुविधाको विषयमा पहलसमेत नगर्दा मन दुखेको उनी बताउँछन्।

विज्ञापन

भोट माग्न आउँदा धेरै ठूलो सपना देखाउने तर, निर्वाचित भएपछि मतदाताका समस्याबारे बेखबर हुने व्यवहारसँग उनी रुष्ट छन्। सुख र दुखमा नागरिकको साथमा उभिइरहने नेतृत्वको चाहना उनी राख्छन्। आफूले गरेका बाचा पुरा गर्न नसकेका पुराना नेताहरूप्रति उनी विश्वासत देखिनन्। तर, चुनाव नजितेका र पहिलो पटक चुनावमा होमिएका उम्मेदवारप्रति भने उनले केही आशा भने राखेका छन्। गुरुङले भने, यस पटक तपाईँलाई भोट दिन्छु। जितेपछि समस्या बोकेर आउँछु।

उनले आफूहरूको मुख्य समस्या सडकको रहेको सुनाए। घरआगनसम्म कालोपत्रे सडक यहाँको आवश्यकता हो। आफ्नो मोटर चढेर घरआगनमा पुग्ने उनीहरूको सपना हो। अलपत्र सडकसँग जोडिएका थुप्रै कथाहरु यहाँ छन्। ०६७ सडक ट्र्याक खोलिएपछि अहिलेसम्म सडकमा थप बजेट नपरेको उनीहरू सुनाउँछन्।

मोदी गाउँपालिकाको घुरुंगाका पदमबहादुर पुनले भने, गाउँपालिकाको बिकट गाउँ हो। हाम्रो गाउँ पुच्छारमा छौं। वर्षायाममा सडक अवरुद्ध हुन्छ। हामीलाई दुख हुन्छ। सडक कालोपत्रे भइदिए सहज हुने थियो। जोगिथुमका अर्का व्यक्तिले आमा समूहको भवन नरहेको बताइन्। हामीलाई भवनको आवश्यकता छ। हामी सधैँ निराश छौं। यहाँले चुनाव जितेपछि माग राख्न सजिलो हुने थियो।

मोदी गाउँपालिकाको घुरुंगाकी भद्रकला पुनले घरेलु उत्पादनको बजारीकरणको समस्या रहेको सुनाइन्। अल्लोबाट निर्मित सामाग्री बिक्री हुन सकेका छैनन्। बिक्री गर्दा उचित मुल्य पाउन सकेका छैनौं,ु उनले भनिन्, दराज नहुँदा सामाग्री राख्ने ठाउँ छैन। मेहेनत गरे पनि मेहेनत गरेको जस्तो छैन। सोही ठाउँका टेकबहादुर पुनले चुनावमा दिएका आश्वासन पुरा नहुँदा मनमा तिक्तता आउने सुनाए। पुरा गर्न सकिने जति मात्र प्रतिबद्धता गर्न उनले सुझाव दिए।

उम्मेदवार कुँवरले सडक पूर्वाधार र स्थानीय उत्पादनको बजारीकरणको व्यवस्थापन गर्ने प्रतिबद्धता गरे। उनले निर्वाचनपछि आफूले नागरिकसँग सरसल्लाह लिए विकासका गतिविधि सञ्चालन गर्ने बताए। आफू सधैँ नागरिकका सुख दुखमा नागरिकको साथमा रहने बताए। विकासको जिम्मेवारी वाम लोकतान्त्रिक गठबन्धनले लिएकोले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह पनि गरे।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook