• होमपेज
  • व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ
अर्थ/वाणिज्य

व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको मुख्य सडक मानिने शिवालय चोकदेखि प्रगति चोकसम्मको सडकमा पसलहरुले अतिक्रमण गरि सामान राख्दा पैदलयात्रीलाई हैरानी भएको छ ।

कुश्मा नगरपालिकाले सडक अस्तव्यस्त हुँदासमेत चासो नदेखाउँदा ट्राफिक प्रहरीलेसमेत हटाउन सकेको छैन । बजारका मुख्य क्षेत्रहरुमा एकतर्फी पार्किङ गरिएको भएपनि व्यापारीहरुले फुटपाथमा सामान राखिदिँदा पैदलयात्री मर्कामा परेका छन् । साँघुरो सडकमा एकतर्फी पार्किङ र पैदल यात्री हिँड्ने ठाउँसम्म सामान राखिदिएपछि हामी कहाँबाट हिँड्ने ? पैदल यात्री संजय शर्माले प्रश्न गर्नुभयो ।

विज्ञापन

सडकसम्म सामान झुण्डाउने र पैदल हिँड्न बनाएको ठाउँमा खाली नै नराखि सामान राखिदिँदा मुख्य बजार हिँड्नै नसक्ने हुन्छन् शर्माले भन्नुभयो फुटपाथबाट हिँडिहालियो भने गाली खाईन्छ । जिल्ला ट्राफिक कार्यालयले पार्किङलाई व्यवस्थित गरेपनि फुटपाथ हटाउन नसकिएको भनाई छ ।

‘नगरपालिकाले सडक अतिक्रमण र फुटपाथ सफा गराउनुपर्ने हो’ जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायव निरिक्षक सुमन निउरेले भन्नुभयो–‘फुटपाथ यात्रुका लागि हो सामान बेच्ने ठाउँ होईन ।’ व्यस्त सडकमा यात्रुलाई सहजताका लागि फुटपाथ सहज रुपमा प्रयोग गर्न दिनुपर्ने कार्यालयको भनाई छ ।

सडक व्यवस्थित बनाउन कुश्मा नगरपालिकाले फुटपाथ सहितको सडक निर्माणका लागि पहल गरेको तर व्यापारीहरुले सडकमा सामान राखेर अशोभनिय बनाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले बताउनुभयो । ‘सडकसम्म टाउको ठोकिने गरि सामान राख्न पाईँदैन’ उहाँले भन्नुभयो–‘पैदल हिँड्ने सहज रुपमा हिड्न पाउनपर्छ त्यसका लागि उद्योग बाणिज्य संघ र ट्राफिसँग समन्वय गरेर व्यवस्थित गराउन पहल गर्छौं ।’

सटरमा व्यापार गर्नेहरूले सामान तल राखिदिने तरकारी बेच्न फुटपाथ प्रयोग गर्ने, निर्माण सामाग्रहरु सडकमै थुपार्ने आदि कार्यले बजार समेत अव्यवस्थित बन्दै गएको छ । यसैगरि ह्वीलचियर प्रयोगकर्ताका लागि अधिकांश स्थानका फुटपाथ साँघुरा छन् जसलेगर्दा उनीहरूले फुटपाथ छाडेर सडक किनारबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

सडकलाई सहज नगराउँदा दुर्घटनाको जोखिम बढ्दो छ  तर सम्बन्धित निकाय भने मौन बसेको सडक प्रयोगकर्ताहरुको भनाई छ । अहिले कुश्मा बजारको लोकतन्त्र चोकदेखि बडागाउँसम्म, शिवालय चोकप्रगति चोक तथा अन्य क्षेत्रमा दिउँसोको समयमा अत्याधिक ट्राफिक समस्या हुने गरेपनि व्यवस्थित हुन सकेको छैन यसले गर्दा दुर्घटनाको जोखिम समेत उत्तिकै रहेको छ । गोरखापत्रबाट साभार

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook