• होमपेज
  • चुनावी तयारीका लागि एकीकृत समाजवादीले दियो विभिन्न नेतालाई जिम्मेवारी
द्रुत खबर बिशेष

चुनावी तयारीका लागि एकीकृत समाजवादीले दियो विभिन्न नेतालाई जिम्मेवारी

काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको पूर्वतयारी गर्न विभिन्न नेतालाई जिम्मेवारी दिएको छ।

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी आवश्यक काम गर्न उपमहासचिव एवं कार्यालय सचिव डा. गंगालाल तुलाधरलाई दिएको महासचिव वेदुराम भुषालले जानकारी दिए।

विज्ञापन

उनका अनुसार निर्वाचन घोषणापत्रका लागि मस्यौदा तयार गर्न उपमहासचिव प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डाक्टर विजय पौडेललाई जिम्मेवारी तोकिएको छ।

त्यसैगरी आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार छनौटको मापदण्ड र छनोट विधिबारे प्रस्ताव तयार गर्न पार्टीले महासचिव भुसाललाई जिम्मा दिएको छ। साथै बैठकले निर्वाचन निर्देशिका मस्यौदा तयार गर्न निर्वाचन विभागलाई जिम्मा दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook