• होमपेज
  • पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
Breaking News

पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. २४ करोड ८३ लाख ५३ हजार रहेको छ ।
बैठकको पहिलो सत्रमा गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले गाउँपालिकाकोतर्फबाट आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । उहाँले गाउँपालिकालाई सम्बृद्ध बनाउनका लागि कृषि, पशुपालन, स्वरोजगार तथा पूर्वाधार निर्माणमा जोड दिनुभयो ।
नीति तथा कार्यक्रममा आगामी वर्षमा गाउँपालिका भित्र कृषि एम्बुलेन्स सञ्चालन, अध्यक्षसंग सुत्केरी कार्यक्रम, सामुदायिक पुस्तकालय निर्माण, दिदिवहिनीसंग अध्यक्ष कार्यक्रम, युवासंग उपाध्यक्ष कार्यक्रम, सार्वजनिक नीति साझेदारीमा विद्युत उत्पादनका लागि प्रोत्साहन, काठेपोल विस्थापीत र फोहोरबाट आम्दानी जस्ता कार्यक्रमहरु अध्यक्ष शर्माले उल्लेख गर्नुभएको छ । नीति तथा कार्यक्रम, बजेट गाउँ सभाले पारित गरेको छ ।
यस्तै जिल्लाको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्षका ०७९÷०८० कालागि रु.७९ करोड ९० लाखको बजेट पारित गरेको छ ।
शुक्रबार सम्पन्न कुश्मा नगरपालिकाको नवौं नगरसभाले उक्त बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । नगरसभाको पहिलो बैठकमा नगरप्रमुख रामचन्द्र जोशीले ०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने दोस्रो बैठकमा नगर उपप्रमुख स्वस्थानी रिजालले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभयो ।
प्रस्तुत बजेटमा चालू एवं साधारण खर्चतर्फ चालुतर्फ ६१ प्रतिशत अर्थात रु.५५ करोड १९ लाख विनियोजन गरिएको छ भने पँुजीगत एवं विकासतर्फ (३९ प्रतिशत) रु.३४ करोड ७१ लाख विनियोजन गरिएको छ । र चालुतर्फ बिनियोजन भएको हो ।

नगरसभामा प्रस्तुत भएको बजेटमा कृषिमा आत्मनिर्भर, कृषि विकास, पशु विकास, सहकारीमा आधारित कार्यक्रम, नगप्रमुखसँग उद्यमशिलता कार्यक्रम, हरित नगर र पर्यटनलाई प्राथमिकतामा राखिएको छ । नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिकाले ठूला योजनामा साझेदारी र मध्यम तथा अल्पकालीन योजनालाई प्राथमिकतामा राखेको छ

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook