पर्वत बिशेष

अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा
अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा

पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजको चौंथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । समाजले आज कुश्मामा गरेको पत्रकार सम्मेलनमा अधिवेशनको सबै तयारी पूरा भैसकेको जानकारी दिइएको हो । अधिवेशन पर्वतको जलजला गाउँपालिका ३ मल्लाजमा आगामी असोज २७ गते हुने बताइएको छ । अधिवेशनको तयारीका विषयमा जानकारी दिंदै अध्यक्ष झलक केसीले विश्वभरमा छरिएर रहेका पर्वतेहरुलाई जोड्ने […]

  • २ years अगाडि
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान
विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान

पर्वत । १४९औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कार्यालयका प्रमुख ध्रुव रिजालले पहिला सेवाग्राही दीर्घराज पुरीलाई सम्मान गर्नु भएको हो । सोही अवसरमा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा कार्यालयका नासु गोपाल शर्मा […]

  • २ years अगाडि
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार नगरपालिकामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन […]

  • २ years अगाडि
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि भेटिएका छैनन्। गत असोज १३ साँझ बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जीप मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा रोकिएको वेलामा अचानक आएको बाढीले बगाएको थियो। जिपमा […]

  • २ years अगाडि
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो
अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो

पर्वत /अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ । भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो । घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए । घरभित्र […]

  • २ years अगाडि
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो
पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो

बाग्लुङबाट पोखरा गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालका अनुसार केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको हो । जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको छ । त्यहीँ नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल […]

  • २ years अगाडि
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती

पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌। सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी […]

  • २ years अगाडि
बाटुलेचौरमा तीज मेला हुने
बाटुलेचौरमा तीज मेला हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको ऐतिहाँसिक बाटुलेचौर मन्दिरमा तीज मेला हुने भएको छ । लामो समयदेखि रोकिएको तीज मेलालाई जगेर्ना गर्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको आयोजना र स्थानीय वडा कार्यालयको सहयोगमा मेला हुने भएको हो । मेलामा राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुती, खुला तीज गित प्रतियोगिता, नृत्य प्रतियोगित लगायतका कार्यक्रम हुने आयोजकले […]

  • २ years अगाडि
फलेवास नगरपालिकाको आ.व.२०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक, बजेट ६८ करोड २५ लाख
फलेवास नगरपालिकाको आ.व.२०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक, बजेट ६८ करोड २५ लाख

पर्वत- पर्वतको फलेवास नगरपालिकाको तेह्रौं नगरसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न नगरसभाबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरिएको छ। नगरपालिकामा जनप्रतिनिधिहरूबीच विवाद हुँदा संविधानले तोकेको मितिभन्दा २ महिनापछि मात्र नगरसभा सम्पन्न भएको हो। आर्थिक वर्ष २०८०/८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सीमा असार १० गते तोकिए पनि केही मुद्दाहरूमा […]

  • २ years अगाडि
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख
बिहादी गाउँपालिकाको बजेट ४४ करोड ८ लाख

पर्वत । पर्वतको बिहादी गाउँपालिकाले आर्थिक बर्ष २०८०/ ०८१ को बजेट सार्वजानिक गरेको छ । गाउँपालिकाको १२ औँ गाउँ सभाले ४४ करोड ८ लाख ४१ हजार बजेट सार्वजानिक गरेको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिए । आइतवार आयोजित १२ औँ गाउँ सभा मार्फत बार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गदै गाउँपालिका अध्यक्ष परविन गुरुङले गाउँपालिकाको आर्थिक […]

  • २ years अगाडि
भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट
भागबण्डा नमिल्दा आएन कुश्मा, फलेवास र जलजलाको बजेट

पर्वत । पर्वतको जलजला गाउँपालिकाको १४ औँ बजेट अधिवेशनमा गाउँ सभाको संख्या नपुगेर स्थगित भएको छ । पालिकाले आईतवार (आज) गाउँ सभा आह्वान गरेको थियो । गाउँसभामा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहेका छन् । जसका कारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो । ४७ गाउँ सभाषद रहेको जलजला […]

  • २ years अगाडि
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सम्मानित

पर्वत/प्रेस युनियन पर्वतले छैठौं अधिबेशनका क्रममा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएका पत्रकारहरुलाई विभिन्न वर्षका पुरस्कारबाट सम्मानित गरेको छ । हरिमखमली प्रेस युनियन राष्ट्रिय पुरस्कारबाट पत्रकारहरुलाई सम्मानित गरिएको हो । सो अवसरमा नेपाल प्रेस युनिययनका पूर्व अध्यक्ष बद्री सिग्देल, प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगगधर पराजुली, पुर्व उपाध्यक्ष रमेश पौडेल, पत्रकार ओम प्रसाद घायल, […]

  • २ years अगाडि