मोदी गाउँपालिका

एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´
एमाले मोदी गाउँपालिकाको निर्वाचनमा गिरी समुहको `क्लिन स्विप´

पर्वत । नेकपा (एमाले) मोदी गाउँ कमिटिको दोस्रो अधिवेशनमा पदम गिरी समूहले गणेश तिमिल्सिना समुहको प्यानल माथि क्लिन स्विप गरेको छ । मंगलबार भएको निर्वाचनमा गिरि समुहका हिमलाल पौडेल अध्यक्ष पदमा फराकिलो मतान्तर सहित विजयी भएका छन् । अधिवेशनमा भएको मतदानमा पौडेल नेतृत्वको प्यानल नै विजयी भएको हो । अध्यक्ष पदका अर्का प्रतिद्धन्द्धी लोकेन्द्रजंग लामिछानेले […]

  • १ year अगाडि
पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल
पर्यटनको विकासमा सबैका हातेमालो जरुरी:पर्यटन मन्त्री बस्याल

पर्वत/गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको सम्भावना उच्च रहेकाले सबैको प्रयासमा पर्यटकिय विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । पर्वतको भुकताङ्लेमा आयोजित बालमैत्री वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पर्यटकिय पूर्वाधार र पर्यटकिय स्थलको पहिचान र विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो । उहाँले स्थानीय समुदायले पर्यटकिय विकासमा गरेका कामहरुमा गण्डकी […]

  • १ year अगाडि
सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण
सात महिना अगाबै लिदिखोलामा मोटरेबल पुल निर्माण

पर्वत – पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहारमा रहेको लिदिखोलामा मोटरेबल पुल निर्माण कार्य सम्पन्न भएको छ । डिमुवा-राम्जा चित्रे सडक खण्डमा पर्ने लिदिखोला मोटरेबल पुल निर्धारित मिति भन्दा सात महिना अगावै सम्पन्न भएको हो । १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० साल असोज २२ गते सम्झौता भएको पुल सात महिना अगावै सम्पन्न […]

  • १ year अगाडि
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन
मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर बिमोचन

पर्वत/ पर्वतको मोदी गाउँपालिकाको बार्षिक क्यालेण्डर विमोचन गरिएको छ । गाउँपालिकाले बार्षिक रुपमा सम्पादन गर्ने र गरेका विभिन्न गतिविध, पालिका पालिका भित्रका विभिन्न पुर्वाधार सम्पदाहरुलाई समेटेर प्रकाशन गरेको भित्तपात्रो मंगलवार एक समारोह बीच सार्वजनिक गरिएको हो । गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुको सहभागितमा […]

  • २ years अगाडि
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता
शिक्षा, कृषि र पूर्वाधार पहिलो प्राथमिकता

पर्वत जिल्लाको प्रवेशद्वारका रूपमा रहेको मोदी गाउँपालिकाको केन्द्र पातीचौर बजारमा अवस्थित छ । नेपाल सरकारको २०७३/११/२७ को निर्णयले यो गाउँपालिका स्थापना भएको हो । यस गाउँपालिकामा साबिकका भुकताङ्ले, देउपुर, देउराली, क्याङ, बाजुङ, तिलाहार, राम्जादेउराली  र चित्रे गाविस रहेका छन् । कुल क्षेत्रफल १४३.५९ वर्ग किलोमिटर रहेको यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला, दक्षिणपश्चिममा कुस्मा नगरपालिका र जलजला गाउँपालिका, उत्तरमा […]

  • २ years अगाडि
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह परिक्षण गरिएको थियो । जस मध्ये २४ जना विद्यार्थी र ७ जना शिक्षकहरु रहेका थिए । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये ४ […]

  • २ years अगाडि
मोदीमा भोलि सार्बजनिक बिदा
मोदीमा भोलि सार्बजनिक बिदा

पर्वत । बालाचतुर्दशीको अवसरमा पर्वतको मोदी गाउंपालिकाले सोमबार सार्बजनिक बिदा दिने भएको छ । गाउँपालिका अन्तर्गतका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु पञ्चासे, सहश्रधारा, पार्वती मन्दिर लगायतमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने साथै विविध धार्मिक कार्यक्रमहरु हुने परम्परालाई मध्यनजर गर्दै बिदा दिइएको हो । स्थानीय संस्कृतिको सम्वर्द्धन एवम् आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले सार्बजनिक बिदा […]

  • २ years अगाडि
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु
मोदीमा राष्ट्रपति रनिङ शिल्ड र राष्ट्रियसभा कप सुरु

पर्वत/मोदी गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङशिल्ड र चौंथो राष्ट्रिय सभा अध्यक्ष कप प्रतियोगिता एकैसाथ शुरू गरेको छ । बुधबार मोदीको डिमुवामा आयोजित विशेष समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गरेका हुन । यही मंसिर २४ गतेसम्म सञ्चालन हुने कार्यक्रममा वडास्तरीय भलिवल प्रतियोगिता, खुल्ला महिला भलिवल प्रतियोगिता, भजन, रत्यौलीलगायतका कार्यक्रम आयोजना हुने कार्यक्रम संयोजक […]

  • २ years अगाडि
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती
स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती

पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌। सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ । श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् । पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी […]

  • २ years अगाडि
राम्जा देउराली वडा कार्यालयमा तोडफोड
राम्जा देउराली वडा कार्यालयमा तोडफोड

पर्वत । पर्वतको मोदी गाउँपालिका ७ राम्जा देउरालीमा रहेको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ । शुक्रबार रातीको समयमा वडा कार्यालयको ताला फोडेर महत्वपूर्ण कागजातहरु नष्ट गरेको वडा अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयसँगै रहेको पशु सेवा शाखामा समेत तोडफोड गरि सामानमा क्षती पु¥याएकाछन् । तोडफोड गर्नेको पहिचान नभएको र […]

  • ३ years अगाडि
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत […]

  • ४ years अगाडि
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा […]

  • ५ years अगाडि