• होमपेज
  • राम्जा देउराली वडा कार्यालयमा तोडफोड
द्रुत खबर बिशेष

राम्जा देउराली वडा कार्यालयमा तोडफोड

पर्वत । पर्वतको मोदी गाउँपालिका ७ राम्जा देउरालीमा रहेको वडा कार्यालयमा अज्ञात समूहले तोडफोड गरेको छ ।

शुक्रबार रातीको समयमा वडा कार्यालयको ताला फोडेर महत्वपूर्ण कागजातहरु नष्ट गरेको वडा अध्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयसँगै रहेको पशु सेवा शाखामा समेत तोडफोड गरि सामानमा क्षती पु¥याएकाछन् ।

विज्ञापन

तोडफोड गर्नेको पहिचान नभएको र प्रहरीले खोजी कार्य गरिरहेको जानकारी दिएको गौतमले बताउनुभयो । कार्यालयमा पसेर कागजपत्रका साथै भौतिक संरचनामा समेत क्षती पु¥याउनेलाई तत्काल कारवाही गर्न माग गर्दै वडा कार्यालयले विज्ञप्ती प्रकाशित गरेको छ ।

विज्ञप्तीमा वडा कार्यालय तथा पशु सेवा शाखामा रहेका दराजहरु तोडफोड गर्नुका साथै महत्पूर्ण र पुराना कागजात नष्ट गरिएकाले त्यस्ता कार्य गर्ने समूहलाई तत्काल खोजी गरि कारवाही प्रक्रिया अगाडी बढाउन अनुरोध गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook