• होमपेज
  • पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
गण्डकी प्रदेश

पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह परिक्षण गरिएको थियो । जस मध्ये २४ जना विद्यार्थी र ७ जना शिक्षकहरु रहेका थिए । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये ४ जनामा मधुमेह भएको पुष्टि भएको थियो ।

विज्ञापन

स्वास्थ्य शिविरमा ७ जनामा उच्च रक्तचापको समस्या देखिएको हलहले आधारभूत विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर पुन बुद्धले जानकारी दिए ।

पुनका अनुसार उच्च रक्तचाप र मधुमेहका विरामीहरुको लागि थप परिक्षण र उपचारका लागि पर्वत अस्पतालमा रिफर गरिएको छ । मोदी गाउँपालिकाका चिकित्सक डा.अहरम रजा मिया स्वास्थ्य परिक्षण र ल्याव परिक्षण हिमाल पुन र बिक्रम गौतमले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook