• होमपेज
  • पर्वतमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद
Breaking News

पर्वतमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

पर्वत-पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९,कटुवाचौपारीबाट पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

विज्ञापन

पक्राउ परेका व्यक्तिबाट नगद ११ लाख १५ हजार ४ सय ८५ र ३५ तोला ७२ लाल सुन, नेपाल टेलिकम र एनसेलका ४२ थान रिचार्ज कार्ड बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो ।

चोरि गर्ने व्यक्तिवाट दुई वटा मोवाईल, नेपालको नक्सा १ थान, नेपालको सडकको नक्सा १ थान, हसिया १ थान, निजको नागरिकता, वायरलेस सिसीटिभी क्यामेरा १ थान, हार्डडिक्स एक थान, एलईडि मनिटर एक थान समेत बरामद गरिएको छ ।

त्यसैगरी चोरी गर्न प्रयोग गरिएको ह्वाम्वर, स्कुड्राईभर, जीआई पाईप, टर्च लाईट, विभिन्न चावीका झुप्पाहरु, चोरी गर्दा प्रयोग गरिने बालक्याप, पञ्जा, पावरबैंक, डिजिटल तौल मेशिन समेत बरामद भएको छ ।

अभियुक्त परियार यस अघि २०६९ सालमा प्रहरी वृत्त नयाँ बानेश्वरमा चोरी मुद्धामा ४ वर्ष कैद भुक्तान गरी २०७३ सालमा छुटेको पाईएको छ । शुरुमा केन्द्रीय कारागार काठमाण्डौ, र पछि झुम्का कारागार सुनसरीमा बसेको र त्यहाँ बस्दा समेत अपराधिक व्यक्तिसँग सम्पर्क बढाई जेलवाट छुटिसकेपछि गिरोहको रुपमा चोरी गर्न थालेको बयान प्रहरीलाई दिएको छ । अभियुक्तले चोरीमा आफु मात्र संलग्न रहेको बयान दिएपनि अन्य व्यक्तिहरु पनि हुन सक्ने भन्दै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

परियारले गत माघ फागुनमा स्याङ्जा जिल्लाको विभिन्न स्थानमा चोरी गरेको, फागुन १६ गते राती पर्वतको जलजला गाउँपालिका वडा नं. ३ मा सहकारी संस्थामा चोरी गरेको, गत बुधवार राती पर्वतको फलेवास नगरपालिका वडा नं.६ खौला र चौबीस कुरियामा ९ वटा घरमा चोरी गरेको र बिहीवार राती कुश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारी स्थित बिबिसि चोकमा चोरी गर्दै गर्दा पक्राउ परेको हो ।

कटुवाचौपारीमा होटल, हार्डवयर र किराना गरी आधा दर्जन पसलमा चोरी गरेको थियो । परियारले स्थानीय तहहरुको एप्समार्फत विवरण लिने, सिसीटीभिहरुको निगरानी गर्ने, शहर बजार भन्दा ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा चोरी बढि गर्ने र विभिन्न प्रविधिको प्रयोग गर्ने गरेको पाईएको प्रहरी प्रमुख भुसालले बताउनुभयो ।

पक्राउ गरिएका परियारलाई शुक्रवारनै जिल्ला अदालत पर्वतमा चोरी सम्वन्धि कसुरमा मुद्धा दर्ता गरी १० दिनको म्याद लिएर थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook