कुश्मा नगरपालिका

ठूलीपोखरीमा सामुदायिक भवन शिलान्याश
ठूलीपोखरीमा सामुदायिक भवन शिलान्याश

पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा सामुदायिक भवनको मंगलबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले शिलान्याश गर्नुभयो । कार्यक्रममा बोल्दै अधिकारीले देशमा समृद्धीका लागि सबै क्षेत्रको समानूपातिक विकास हुनुपर्नेमा जोड दिनुभयो । उहाँले एकात्मक राज्य व्यवस्थाको अन्त्य गरि संघीयतामा गएको अवस्थामा सबै क्षेत्रको विकास भएमा मात्रै संघीयता सफल हुने बताउनुभयो । कार्यक्रममा नेकपा […]

  • ३ years अगाडि
राज्यले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ–सभामुख अधिकारी
राज्यले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ–सभामुख अधिकारी

पर्वत/गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारीले अधिकारीले शिक्षा क्षेत्र देशको मेरुदण्ड भएकाले राज्यले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । पर्वतको कुस्मा नगरपालिका ११ सिल्मीमा रहेको रानीस्वाँरा आधारभूत विद्यालयको भवन उद्घाटन समारोहमा बोल्दै अधिकारीले सो धारणा राख्नुभएको हो । उहाँले सामाजिक सुरक्षा अन्तर्गत शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नगरेसम्म भौतिक विकासले मात्र […]

  • ३ years अगाडि
विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार
विद्यालय व्यवस्थापन समिति गठनको निर्वाचनमा ओली समूहको हार

पर्वत । नेकपा बिभाजनको असर बिद्यालयमा समेत परेको छ । पर्वतको कुश्मा नगरपालिका १४ आर्थर स्थित पन्चकोशी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनका लागी २ पुरुष सदस्यका लागि भएको निर्वाचनमा ओली समुहको लज्जास्पद हार भएको छ । नेकपाका माधब प्रचण्ड समूह र ओली समुहको बीच भएको निर्वाचनमा ओली समुहलाई कांग्रेसले समेत साथ दिएको थियो । निर्वाचनको […]

  • ३ years अगाडि
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु
पिपलटारीमा अनलाईन घटना दर्ता कार्यक्रम शुरु

पर्वत/पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ । प्रबिधी मैत्री सेवा दिने उद्देश्यले वडाले डिजिटल सेवा शुरु गरेको हो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्ने व्यवस्था सुरु गरेसंगै  कुश्मा नगरपालिकाले पनि आफ्ना वडाहरुमा पनि अनलाइन दर्ता सेवा […]

  • ३ years अगाडि
राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न
राधा माधव सत्संगको भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

पर्वत÷राधा माधव सत्संग समितिको आयोजनामा पर्वतको कुस्मामा भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जगतगुरुश्री कृपालु जी महाराजका नेपाली प्रचारक हरीदाशजीद्धारा प्रदान गरिएका दिव्य उपदेशहरुको बारेमा साधकहरुलाई जानकारी गराएका थिए । उनले आत्मानुशासन, निश्चिन्तता, समय व्यवस्थापन, पुनराबृत्ती, क्रोध व्यवस्थापन, संसार र भगवत राज्यको कामको सन्तुलन जस्ता विषयमा अभिमूखिकरण गरेका थिए ।खसो कार्यक्रममा विभिन्न […]

  • ३ years अगाडि
पर्वतमा पनि प्रधानमन्त्रीको पुत्ला जलाईयो (भिडियो हेर्नुहोस्)
पर्वतमा पनि प्रधानमन्त्रीको पुत्ला जलाईयो (भिडियो हेर्नुहोस्)

पर्वत/प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका भातृ संगठन अनेरास्ववियु पर्वतको आयोजनामा कुस्मा बजारमा प्रदर्शन तथा पुत्ला जलाइएको हो । सोही अवसरमा आयोजित कोण सभामा बोल्दै अनेरास्वबियू पर्वतका संयोजक तेज प्रसाद चापागाईले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानि कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई […]

  • ३ years अगाडि
मिलन फाउण्डेशन नेपालद्वारा मन्दिरलाई कुर्सी
मिलन फाउण्डेशन नेपालद्वारा मन्दिरलाई कुर्सी

गणेश पौडेल, ठूलीपोखरी पर्वत, मंशिर २८ गते । मिलन फाउण्डेशन नेपालको सहयोगमा पर्वतको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको प्रसिद्ध धार्मिक क्षेत्र कालिका मन्दिरमा आराम कूर्सी वितरण गरिएको छ । मन्दिरमा आउने श्रद्धालु दर्शनार्थीहरुलाई आराम गर्न सहज होस् भन्ने उद्देश्यका साथ संस्थाले करिब ५० हजार बराबरको ६ थान फलामे कूर्सी प्रदान गरेको हो । शनिबार एक कार्यक्रमका […]

  • ३ years अगाडि
त्यसपछि मैले घाँटी कसेर मारेँ, अनि प्रहरीलाई खोजी गरिदिन निबेदन दिएँ…..
त्यसपछि मैले घाँटी कसेर मारेँ, अनि प्रहरीलाई खोजी गरिदिन निबेदन दिएँ…..

पर्वत – पर्वतको कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेको खुलासा भएको छ । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरी अनुसन्धानका क्रममा घटना घटेको १२ दिनपछि मात्रै श्रीमानले श्रीमतीको हत्या गरेको स्वीकार गरेका हुन् । कुश्मा नगरपालिका १३ बाम्रामा घर भएका तुलसे नेपालीले सामान्य घरायसी झैझगडाको निहुँमा श्रीमती […]

  • ३ years अगाडि
पञ्चकोशी माविमा दुईवटा अक्षयकोष स्थापना
पञ्चकोशी माविमा दुईवटा अक्षयकोष स्थापना

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरडाँडाखर्कमा रहेको पञ्चकोशी माविमा दुई वटा अक्षयकोष स्थापना भएका छन् । विद्यालयको शैक्षिक विकासका लागि भन्दै स्थानीय दूई परिवारले आफन्तको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । कुश्मा नगरपालिका वडा नं. १४ वडागाउँ स्थायी घर भई हाल सिमलचौर पोखरा बस्ने स्व. ले. दिलकुमारी  गुरुङको स्मृतिमा रु १ लाख रुपैयाको अक्षयकोष […]

  • ३ years अगाडि
पर्वतको कुश्मा नगरपालिका भित्रका विद्यालयहरु आइतवारदेखि संचालनमा आउने
पर्वतको कुश्मा नगरपालिका भित्रका विद्यालयहरु आइतवारदेखि संचालनमा आउने

पर्वत- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)को कारण मुलुकभर लकडाउन घोषणा भएपछि बन्द भएका पर्वतको कुश्मा नगरपालिकाका विद्यालयहरु खुल्ने भएका छन् । आगामी आईतवारदेखि नगरपालिकाका सवै सामुदायिक तथा निजि विद्यालयहरु संचालन हुने भएका हुन् । कुश्मा नगरपालिकामा बिहीवार बसेको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकले आगामी आईतवारदेखि नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने निणर्य गरेको हो […]

  • ३ years अगाडि
पर्वतको कुस्माबजार एक हप्ता बन्द
पर्वतको कुस्माबजार एक हप्ता बन्द

पर्वतको सदरमुकाम कुस्माबजारमा शुक्रबार रातीदेखि एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । पर्वतको कुस्माबजारमा समुदायमा कोरोनाको संक्रमण फैलिएपछि डिसिसिएमसीको बिहीबार सम्पन्न बैठकले एक हप्ता अत्याबश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । डिसिसिएमसीले कार्ति १४ गते शुक्रबार राति १२ बजेदेखि २१ गते सम्म कुस्मा नगरपालिकाको ४,५,६ र ७ वडा […]

  • ४ years अगाडि
कोरोना संक्रमणबाट पर्वतमा ब्यबसायीको मृत्यु
कोरोना संक्रमणबाट पर्वतमा ब्यबसायीको मृत्यु

पर्वत/ पर्बतको कुस्माबजारका एक होटल ब्यबसायीको कोरोना संक्रमणका कारण बिहीबार बिहान निधन भएको छ । कुस्मा नगरपालिका – ६ शिबालयचोकका ५५ बर्षीय होटल ब्यबसायी पुरुषको चरक मेमोरियल अस्प्ताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । चरक मेमोरियल अस्पताल, पोखराको आईसियुमा मा उपचारका क्रममा ती पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै […]

  • ४ years अगाडि