• होमपेज
  • आर्थरमा बृहद स्वास्थ्य शिबिर सम्पन्न
कुश्मा नगरपालिका

आर्थरमा बृहद स्वास्थ्य शिबिर सम्पन्न

पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरमा एक दिने बृहद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्वर्गिय राचन्द्र पौडेल र भवानीकला पौडेलको स्मृतीमा लायन्स क्लब अफ पोखरा आभियानको आयोजनामा सम्पन्न शिबिरमा ६ सय ५ जनको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

पोखराको दिर्घायू हस्पिटलको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा जलरल फिजिशियन, जनरल सर्जन, स्त्रिरोग, हाडजोर्नी, बालरोग र एकुपंचर लगायतका विशेषज्ञ सेवा प्रदान गरिएको थियो । साथै निशुल्क स्वाथ्य परिक्षण, निशुल्क औषधि वितरण, एक्सरे सेवा लगायतका सेवा समेत प्रदान गरिएको बताइएको छ ।

विज्ञापन

शिबिरको उद्घाटन गर्दै कुश्मा नगरपालिका १४ आर्थरका वडा अध्यक्ष भिम प्रसाद गुरुङले गाउँमा आयोजना गरिएको निशुल्क स्वास्थ्य परिक्षणले सर्वसाधारणलाई राहत भएको बताउँदै आगामी दिनमा समेत सहकार्य गरि अगाडी बढ्ने बताउनुभयो ।

सो अवसरमा लायन्स क्लब अफ पोखरा अभियानका अध्यक्ष डा. डिलाराम लामिछाने, लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक ३२५ बि १ नेपालका चिफ एडभाईजर बिनोद ढुंगाना र दुर्गादत्त पौडेल लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook