• होमपेज
  • बृक्षारोपण गरेर पर्वतको ठूलीपोखरीमा सामुदायिक वन दिवस मनाइयो
कुश्मा नगरपालिका

बृक्षारोपण गरेर पर्वतको ठूलीपोखरीमा सामुदायिक वन दिवस मनाइयो

पर्वत / सामुदायिक वन दिवस २०७८ को अवसरमा पर्वतको कुश्मा नगर महासंघले बृक्षारोपण गरेको छ । महासंघको आयोजनामा कुश्मा १२ ठूलीपोखरीको अवलडाँडा सामुदायिक वनमा बृक्षारोपण गरिएको हो ।

सो अवसरमा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिरुवा रोपेर शुभारम्भ गर्नुभयो । उपप्रमुख लामिछानेले सामुदायिक वनको अवधारणा विश्वभर अनुकरणीय भएको र वातावरण संरक्षणमा समेत उल्लेख योगदान गरेको धारणा राख्नुभयो ।

विज्ञापन

विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष आजैका दिन मुलुकभर सामुदायिक वन दिवस मनाइँदै आएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फकोफन) ले जनाएको छ ।

प्रत्येक वर्ष विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाईदै आएको दिवस गत वर्ष र यस वर्ष भने कोरोना भाइरस सङ्क्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी विभिन्न कार्यक्रम गरिएको फेकोफन कुश्मा नगर अध्यक्ष कुमार सुबेदीले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा कुस्मा नगरपालिका १२ ठूलीपोखरीका अध्यक्ष राजेन्द्र पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका सचिव गणेश पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ कुश्मा नगर कमिटीका अध्यक्ष कुमार सुवेदी, नेपाली कांग्रेस जिल्ला सदस्य हेमराज सापकोटा, नेकपा माओवादी केन्द्र गाउँ कमिटी अध्यक्ष चुडामणी पौडेल लगायतको उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook