• होमपेज
  • काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग
कुश्मा नगरपालिका

काँग्रेस सभापती सहितको टोलीद्धारा बाटुलेचौर कालीका मन्दिरलाई सहयोग

पर्वत/नेपाली काँग्रेस पर्वतका सभापती युवराज जोशी नेतृत्व सहितको टोलीले पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको बाटुलेचौर कालीका मन्दिरलाई १ लाख ६० हजार रुपैयाँ सहयोग गरेका छन् । जोशी सहित शनिबार मन्दिर परिसरमा पुगेका नेता तथा व्यावसायिहरुले सो रकम सहयोग गरेका हुन् ।

मन्दिरको भौतिक तथा सांस्कृतिक विकासका लागि सो रकम सहयोग गरेका मन्दिरका अध्यक्ष गणेश पौडेलले जानकारी दिए । उनका अनुसार नेपाली काँग्रेसका सभापती युवराज जोशीले ५० हजार, नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधी शिब प्रसाद अधिकारी ३० हजार, नेपाली काँग्रेस पर्वत प्रदेश क का अध्यक्ष राजकुमार क्षेत्री १० हजार, नेपाली काँग्रेस कुश्मा नगर सभापती किशोर भण्डारी १० हजार सहयोग गरेका हुन् । यस्तै नेपाली काँग्रेस आर्थरका वडा सभापती रुद्रमोहन रिमाल २० हजार, कुश्मा नगरपालिका वडा नं. ४ का वडा सभापती दिनेश श्रेष्ठ ५ हजार, युवा व्यवसायि दिनेश ढकाल १० हजार, भास्कर जोशी १० हजार, अर्जुन सुबेदी १० हजार झलक कार्की ५ हजार र अभिनव जोशीले १० हजार सहयोग गरेका हुन् ।

विज्ञापन

सो अवसरमा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले नगरपालिका भित्रको पुरातात्विक महत्व बोकेको उक्त मन्दिरको बृहत्तर विकासका लागि नगरपालिकाले पूर्ण सहयोग गर्ने बताउनुभयो । उहाँले मन्दिरसम्म पुग्ने पहुँच मार्गका लागि नगरपालिकाले ढलाल, पीच लगायत स्तरोन्नतीको काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका जिल्ला सभापती युवराज जोशीले कुश्माको एकमात्र पुरातात्विक कालीका मन्दिरको विकासका लागि आँफू र पार्टीकोतर्फबाट सक्दो सहयोग गर्ने बताउँदै धार्मिक क्षेत्रलाई राजनीतिक भन्दा पनि धार्मिक केन्द्र बनाउनुपर्नेमा दिनुभयो । उहाँले सामाजिक क्षेत्रहरुलाई राजनीतिक मुक्त गरि सबैको आस्थाको केन्द्र बनाउन आग्रह गर्नुभयो । सो अवसरमा नेपाली कांग्रेस कुश्मा नगरपालिका १२ का सभापति कुमार सुनेदी, वाड सदस्य महेन्द्र सुवेदी लगायत ब्यावसायीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook