• होमपेज
  • चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग
कुश्मा नगरपालिका

चौरासी पुजाको खर्च कटाएर मन्दिरलाई सहयोग

पर्वतको कुस्मा नगरपालिका १२ ठूलीपोखरीका एक बृद्धले आफ्नो चौरासी पुजाको रकम कटाएर मन्दिरलाई सहयोग गर्नुभएको छ । ठूलीपोखरी मातेपानी निवासी टिकाराम लामिछानेले आफ्नो चौरासी पुजामा हुने खर्च कटाएर २१ हजार १ सय ७५ रुपीयाँ सहयोग गर्नुभएको हो ।

लामिछानेले कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको कालीका भगवती मन्दिरको आर्थिक अवस्था सुधार गर्नका लागि सो रकम हस्तान्तरण गर्नुभएको हो ।

विज्ञापन

उहाँले मन्दिरको अक्षय कोषमा रहने गरि अध्यक्ष गणेश पौडेललाई रकम हस्तान्तरण गर्नुभएको हो । सो रकमले मन्दिरको कोष संचालनमा सहयोग पुग्ने भएकाले सहयोग गरेको उहाँले बताउनुभयो ।

जिल्लाको पुरातात्विक महत्व बोकेर पनि ओझेलमा परेको मन्दिर पछिल्लो समय विभिन्न सामाजिक व्यक्तित्वहरुको सहयोग लिएर पूर्वाधार तथा मन्दिरको आन्तरिक व्यवस्थापन गरिरहेको अध्यक्ष गणेश पौडेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook