Breaking News

प्रदेश सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ : शेरधन राई
प्रदेश सरकारको नेतृत्व कांग्रेसले पनि गर्न सक्छ : शेरधन राई

बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको सामना आरामले गर्ने बताएका छन् । नेकपाको प्रदेश संसदीय दलमा अल्पमतमा परेका राईले यसको हिसाब-किताब संसदको हिउँदे अधिवेशनमा हुने बताए । आफूले मुख्यमन्त्री पद जोगाउनका लागि कसैलाई पनि मन्त्री पद र आश्वासन बाँड्दै नहिँड्ने बताउँदै राईले भने, ‘मबाट मुख्यमन्त्री पद जोगाउनका निम्ति मन्त्री बाँड्ने, पैसा […]

  • ४ years अगाडि
लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल
लोडसेडिङ अन्त्य कुलमानले होइन, केपी ओलीले गरेका हुन् : पोखरेल

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङको अन्त्य कुलमान घिसिङले नभई प्रधानमन्त्री केपी शर्मा ओली गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बिहीबार प्युठानमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । २५० मेगावाट विद्युत अपुग भएका बेला प्रधानमन्त्री ओलीले भारतसँग प्रसारण लाइन र विद्युत् […]

  • ४ years अगाडि
ओलीको प्रतिगमन बिरुद्ध नेकपा पर्वतको व्यापक प्रदर्शन, प्रतिगमन सच्याउन आग्रह
ओलीको प्रतिगमन बिरुद्ध नेकपा पर्वतको व्यापक प्रदर्शन, प्रतिगमन सच्याउन आग्रह

पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतले जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध बिरोध प्रर्दशन गरेको छ। गाउँ गाउँबाट आएका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमका बिरुद्ध खबरदारी गरेका थिए । नेकपा पार्टी कार्यालय नजिकबाट शुरु भएको बिरोध ¥याली शिवालय चोकमा पुगेर कोण सभामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर […]

  • ४ years अगाडि
प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटी ‘माछा बजार’ : सुरेन्द्र पाण्डे
प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटी ‘माछा बजार’ : सुरेन्द्र पाण्डे

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताउनुभएको छ । नेकपा निकट जनसांस्कृतिक महासङ्घले सोमबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनै पनि बेला अदालत […]

  • ४ years अगाडि
चिनियाँ हस्तक्षेपविरुद्ध प्रधानमन्त्री ओली, चिनियाँ मिसन असफल बन्ने सम्भावना
चिनियाँ हस्तक्षेपविरुद्ध प्रधानमन्त्री ओली, चिनियाँ मिसन असफल बन्ने सम्भावना

काठमाडौँ- संसद विघटनसँगै राजनीतिकरुपमा विभाजित भइसकेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको प्रयास गर्न नेपाल आएको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको चार सदस्यीय टोली अन्ततः निराश फर्कने सम्भावना प्रबल बनेको छ। नेकपा विभाजित भएमा आफ्नो ठूलो मेहनत र लगानी खेर जाने तथा प्रतिस्पर्धीहरु फेरि बढ्ने त्राससहित नेपाल आएको सीपीसी उच्चस्तरीय […]

  • ४ years अगाडि
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा
राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न सोमबार साँझ शीतलनिवास पुगेका छन्। नेकपा विवाद र राजनीतिक अस्थीरताबीच नेपाल भ्रमणमा आएको  चिनियाँ टोलीले उच्च नेताहरुसँग भेट गरेकै बेला राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्। साँझ ७ बजेर ५ मिनेटमा शीतलनिवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले चिनियाँ भ्रमणबारे राष्ट्रपतिसँग परामर्श गर्ने अनुमान गरिएको छ।

  • ४ years अगाडि
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको दाबी
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने चीनको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा राख्नेछन्, आपसी […]

  • ४ years अगाडि
नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला सम्पन्न, ओलीले चालेको स्वेच्छाचारी कदम आत्मघाती भएको निष्कर्ष
नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला सम्पन्न, ओलीले चालेको स्वेच्छाचारी कदम आत्मघाती भएको निष्कर्ष

पर्वत/नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल […]

  • ४ years अगाडि
संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश
संसद् विघटन गर्नुको कारण देखाउन सरकारलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले संसद् विघटनसम्बन्धी कारण देखाउ आदेश जारी गरेको छ । संसद विघटनसम्बन्धी सर्वोच्चमा परेको रिटमाथि शुक्रबार आजदेखि सुरु भएको सुनुवाईका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति मगाउने, संसद्मा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने लगायत आवश्यक कागजात पेश गर्न आदेश दिएको हो । आदेशमा पुस १९ […]

  • ४ years अगाडि
ओलीलाई झलनाथले भनेः गोमन सर्प जस्ता जहाँ देख्यो त्यही ठुङ्ने
ओलीलाई झलनाथले भनेः गोमन सर्प जस्ता जहाँ देख्यो त्यही ठुङ्ने

नेकपाका प्रचण्ड–नेपाल समूहका नेता नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीलाई गोमन साँपसँग तुलना गरेका छन् । शुक्रबार बबरमहलसस्थित कार्की ब्यांक्वेटमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खनालले प्रधानमन्त्री ओलीले नेताहरुमाथि रिसइवी देखाउने गरेका कारण ओलीलाई गोमन साँपसँग तुलना गरेका हुन् । ‘ओली गोमन सर्पजस्ता रहेछन्, जहाँ देख्यो त्यही ठुङ्ने,’ उनले भने । नेता खनालले दुवै अध्यक्ष […]

  • ४ years अगाडि
यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट
यस्तो छ प्रधानमन्त्री ओलीको नयां क्याविनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । प्रधानमन्त्री ओलीले पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा, मणि थापा खानेपानी, प्रभु साह शहरी विकास,प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासन, गौरी शंकर चौधरी श्रम जुली कुमारी महतो महिला बालबालिका र दावा लामाले युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यसैगरी विमला विश्वकर्मा उद्योग […]

  • ४ years अगाडि
महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो
महरालाई भेट्न चिनियां राजदूत खुमलटारमा, फेरी एकताबारे चांसो

काठमाण्डु– चिनियां राजदूत होउ यान्छी र पुर्व सभामुख कृष्णबहादुर महराबीच भेटवार्ता भएको छ । चिनियां राजदूत यान्छी महरालाई भेटन् उनको निवास खुमलटार पुगेकी हुन् । भेटमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल भएको बुझिएको छ । नेकपाको स्थायी समितिमा नियुक्त भएका महरासंग चिनियां राजदूतले सत्तारुढ दल नेकपाकाको विभाजनको कारण र फेरी एकताको सम्भावनाको वारेमा चांसो राखेको […]

  • ४ years अगाडि