Breaking News

परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय
परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी […]

  • ५ years अगाडि
माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी
माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी

एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव […]

  • ५ years अगाडि
लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान
लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई […]

  • ५ years अगाडि
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

  • ५ years अगाडि
कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने
कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने

बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ)का रुपमा कुलमान घिसिङले कार्यभार सम्हाल्ने भएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि सरकारले औपचारिक रुपमा यो विषय बाहिर ल्याएकाे छैन । यस विषयमा सोमबार साँझ घिसिङसँग कुरा गर्दा उनले हल्ला भएको, तर आफ्नो हातमा कुनै पत्र प्राप्त नभएको बताएका थिए […]

  • ५ years अगाडि
तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु
तीन हजार १९४ जनामा सङ्क्रमण पुष्टि, सङ्क्रमित ३५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार १९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार २१७ जनामा आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, पाँच हजार ९०६ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ७१० जनामा सङ्क्रमण पुष्टि भएको […]

  • ५ years अगाडि
सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री (पूर्णपाठ सहित )
सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री (पूर्णपाठ सहित )

काठमाडौँ, । सरकारले कोराना विरुद्धको एक करोड मात्रा खोपको जोहो भइसकेको जानकारी दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिनुभएको तथ्य पेश गर्दै […]

  • ५ years अगाडि
आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा
आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभामा मंगलबार पहिलोपटक सम्बोधन गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदाँ अन्तिम समयमा संसद् छिरेका ओलीले उनलाई औपचारिक रूपमा बधाई दिएका थिएनन् । ओलीले आजको बैठकमा एक घण्टा १५ मिनट बोले । सम्बोधनका क्रममा ओलीले एक महिनासम्म सरकारले काम गर्न नसकेकाले बधाई तथा […]

  • ५ years अगाडि
एमाले एकताको बाटो बन्द गर्दै ओली, माधब पक्ष पेल्ने नीतिका साथ बिधान संशोधन हुँदै
एमाले एकताको बाटो बन्द गर्दै ओली, माधब पक्ष पेल्ने नीतिका साथ बिधान संशोधन हुँदै

काठमाडौं । अध्यक्ष केपी शर्मा ओली एकलौटी रूपमा अघि बढेपछि एमालेमा एकताको सम्भावना झनै कमजोर बन्न पुगेको छ। सोमबार स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक राखेर ओलीले माधव नेपाल पक्षका लागि पार्टीमा ढोका बन्द भएको संकेत गरेका छन्। ‘माधव नेपालहरूको विषयमा मलाई केही भन्नु छैन, प्रचण्ड (पुष्पकमल दाहाल) सँग मिलेर पार्टी ध्वस्त पार्न लाग्नुभयो, देउवा (शेरबहादुर […]

  • ५ years अगाडि
चुरे दोहन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने
चुरे दोहन गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाइने

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारले यसअघिको सरकारले घोषणा गरेको चुरे क्षेत्रको उत्खनन् गरी ढुङ्गा गिट्टी, बालुवा निर्यात गर्ने कार्यमा रोक लगाउने भएको छ । संयुक्त सरकारले आइतबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै पर्यावरणमा समस्या उत्पन्न हुने गरी मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको […]

  • ५ years अगाडि
संयुक्त सरकारका साझा कार्यक्रम : स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्ने घोषणा
संयुक्त सरकारका साझा कार्यक्रम : स्वास्थ्य सामग्रीमा अनियमितता गर्नेलाई कारबाही गर्ने घोषणा

सरकारले अघिल्लो सरकारका पालामा भएको भनिएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेको छ । सोमबार सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेका हुन् । सरकारको न्यूनतम कार्यक्रम वाचन गर्दै उनले भने, ‘स्वास्थ्य सामग्रीमा भएका अनियमिततालाई छानबिन गर्ने र दोषी देखिएकालाई […]

  • ५ years अगाडि
राष्ट्रिय सभा बैठकमा द्वन्द्वपीडित विस्थापित शिक्षकहरूलाई पुनर्स्थापना गर्नुपर्ने बहस
राष्ट्रिय सभा बैठकमा द्वन्द्वपीडित विस्थापित शिक्षकहरूलाई पुनर्स्थापना गर्नुपर्ने बहस

राष्ट्रिय सभा बैठकमा द्वन्द्वपीडित विस्थापित शिक्षकहरूलाई पुनर्स्थापना गर्नुपर्ने बहस उठेको छ। आजको बैठकमा राष्ट्रिय सभा सदस्य महेशकुमार महराले गणतन्त्र स्थापनाका क्रममा विस्थापित भएका शिक्षकहरूको राज्यले व्यवस्थापन गर्नुपर्ने बताए। ‘संघीय गणतन्त्र नेपालको पक्षमा आवाज उठाएको आधारमा उहाँहरू विस्थापित हुनुभएको छ,’ उनले भने, ‘उहाँहरूको पनि परिवार छ। जीवन धान्ने सवाल छ। उहाँहरूलाई पुनर्स्थापना गर्न सकिएन भने ठूलो अन्याय […]

  • ५ years अगाडि